काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत विजयी भएका छन् । बस्नेतले नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्यलाई पराजित गरेका हुन्। बस्नेत ०७४ मा पनि कांग्रेसबाट मेयर निर्वाचित भएका थिए। उपमेयरमा पनि कांग्रेसकी बसन्ती तामाङले जितेकी छन्।...