Aafno Khabar
खबर

सिनो हाइड्रोले रोक्यो मेलम्ची मर्मतको काम, काकाकुल काठमाडौं फेरी हेरेको हेरै

काठमाडौं । चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रोले मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य बन्द गरेको छ । सरकारले भुक्तानी नदिएपछि प्राविधिक सहित मर्मत कार्यमा जुटेका कामदारलाई मुहान क्षेत्र अम्बाथानबाट फर्काउन लागिएको सिनो हाइड्रोले जनाएको छ । गत असार १ गतेको बाढी...

अस्पतालको उपचार कक्षमै भालु पसेपछि…..

ताप्लेजुङ । जिल्ला अस्पताल ताप्लेजुङको उपचारकक्षभित्रै भालु पसेको छ । गए राति अस्पतालको प्रसूति कक्षमा भालु पसेको अस्पतालले जनाएको छ । राति साढे ११ बजेको समयमा उपचारकक्षमा भालु देखिएको थियो । बिरामी नभएको उपचारकक्षमा भालु भेटिएपछि प्रहरीको सहयोगमा ढोका तानेर...

यस्ता सर्त राख्दै रुसले गर्यो युक्रेनसँग वार्ताको प्रस्ताव

रुसले युक्रेनसँग वार्ताको प्रस्ताव गरेको छ । बिहीबारदेखि रुसले युक्रेनका विभिन्न सहरमा आक्रमण गरेपछि दुई देशबीच तनाव चर्किएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार रुसी आक्रमणमा करिब १४० जना युक्रेनीको मृत्यु भएको छ । युक्रेनमाथि आक्रमणको चौतर्फी आलोचना भइरहँदा...

सर्वोच्चको फैसला : अख्तियारले न्यायाधीशमाथि भ्रष्ट्राचारको मुद्दा लगाउन पाउँदैन्

काठमाडौं । सर्वोच्च अदालतले बहालवाला न्यायाधीशमाथि अनुसन्धान र अभियोजन गर्ने अधिकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई नभएको ठहर गरेको छ । भ्रष्टाचारको अभियोगमा निलम्बनमा परेका न्यायाधीश विनोदकुमार गौतमको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चको पूर्ण इजलासले न्यायाधीशमाथि मुद्दा चलाउने अधिकार अख्तियारलाई नभएको बताएको...

गठबन्धन टुटे सबैदल धुलोपिठो हुन्छन् : ओली

कास्की । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोहोरो चरित्रका कारण देशमा संकट आएको बताउनुभएको छ । आज पोखरामा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रचण्डको चरित्र छुट्याउनै नसक्ने खालको भएको बताउनुभयो । एमसीसीको सवालमा...

एमसीसीमा एमालेको मौनता र प्रचण्डको चतुर चरित्र

काठमाडौं । आउँदो बिहीवारका लागि बोलाइएको प्रतिनिधि सभाको बैठकमा एमसीसीमाथिको छलफल अगाडि बढाउने संसद् सचिवालयले तयारी गरेको छ । एमसीसी सम्झौतामाथि सांसदले संशोधन राख्न नपाउने भएकाले छलफल मात्रै चलाउने तयारी भएको हो । गठबन्धन दलमा कुरा मिलेमा प्रधानमन्त्री देउवाले बिहीवार...

नेपालमा बोलिने ४० प्रतिशत मातृभाषा सङ्कटमा

काठमाडौं । आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घ महासभाले सन् १९९९ मा घोषणा गरेपछि सन् २००० देखि फेबु्रअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरेको हो । दिवस मनाइरहँदा भाषा संरक्षणमा भने चुनौती...

दुई वर्षपछि खुल्यो अस्ट्रेलिया

कोरोना संक्रमण बढेसँगै यात्रा प्रतिबन्ध लगाएको अस्ट्रेलियाले दुई वर्षपछि प्रवेश अनुमति दिने भएको छ । कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका अन्तर्राष्ट्रिय यात्रुहरूलाई अस्ट्रेलियाले प्रवेश दिने भएको हो । अस्ट्रेलिया सरकारको यो निर्णयसँगै आज अस्ट्रेलियामा ५० भन्दा बढी अन्तर्राष्ट्रिय विमान...

एमसीसीका कारण दिनभरी तनाबग्रस्त बन्यो बानेश्वर (भिडियोसहित)

काठमाडौं । एमसीसी विरुद्ध भएको प्रदर्शनले आइतबार बानेश्वर क्षेत्र तनावग्रस्त भयो । सरकारले एमसीसीलाई संसदमा पेस गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलका भातृ संगठनले त्यसको विरोधमा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि केही समय प्रहरी र प्रदर्शनकारी...

पोखरामा असिना पानीको आतंक (भिडियोसहित)

कास्की । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण पोखरामा आएको असिना पानीले खेती बालीमा ठूलो क्षति पुगेको छ । आकस्मिक परेको असिना पानीका कारण पोखरा बजारक्षेत्र केही समय अस्तब्यस्त भएको थियो । यो प्रकारको असिना पानी पोखरामा पहिलो पटक अनुभव...