Aafno Khabar
खबर

दोस्रो कार्यकाल हत्याउन एमाले गएका सरावगीको वीरगञ्जमा बिजोग

पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंहले फराकिलो अग्रता बनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मत परिणाम अनुसार राजेशमान र नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीबीच १० हजार ८११ मतको फराकिलो अन्तर...

तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै

दाङ । तुलसीपुर उपमहानगरपालिकामा जारी मत गणनामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मत परिणामअनुसार गठबन्धनको तर्फबाट नगरप्रमुख पदमा कांग्रेसका गेहेन्द्र गिरीले सात हजार ६८७ मत प्राप्त गरेका छन् । नेकपा (एमाले) का टीकाराम खड्काले सात हजार...

मुख्यमन्त्रीकी पत्नी गाउँपालिका उपाध्यक्षमा पराजित

काठमाडौं । पर्साको जगरनाथपुर गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिका अध्यक्षमा कांग्रेसका श्रीकान्त प्रसाद यादव ५७४९ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महमद सलिम मन्सुरले ३९२६ मत ल्याए। उपाध्यक्षमा कांग्रेसकी बबिता...

काठमाडौंका १४ वडाको मतगणना हुँदा १२ मा बालेन र २ मा स्थापितको अग्रता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले २६ हजार ८३८ मत पाएका छन्। हालसम्म ७० हजार ९६० मत गनिसक्दा बालेनले एमाले उम्मेदवार केशव स्थापित र कांग्रेस उम्मेदवार सिर्जना सिंहभन्दा १३ हजार बढी मतले अग्रता लिएका छन् । स्थापितले...

नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपा विजयी

बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखमा जसपाका उम्मेदवार कमरुद्दीन राई विजयी भएका हुन् । कांग्रेस उम्मेदवार विष्ट २३ हजार...

एमालेकाे पकड वडामा पनि रेनुलाई लोकप्रिय मत

चितवन । भरपुर महानगरपालिका वडा नम्बर १० र ११ बाट पनि मेयरमा रेनु दाहाललाई लोकप्रिय मत आएको छ । एमालेले अपेक्षा गरे जसरी मेयरका उम्मेदवारले भरतपुरका १० र ११ नम्बर वडामा भोट बढाउन सकेनन्। गत निर्वाचनमा यी दुई वडामा एमालेका...

कांग्रेस हार्ने डरले एमाले गएका शेर्पा कांग्रेसकै उम्मेदवारबाट पराजित

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार नाम्गेल जाङबु शेर्पा विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोलुदूधकुण्ड नगरपालिका अध्यक्ष मा नेपाली कांग्रेस उम्मेदवार नाम्गेल जाङबु शेर्पा ४,९६८ मत ल्याई विजयी भएका हुन् ।...

स्वतन्त्र उमेद्वार : जसले अरुको १ मत पनि पाएनन्, आफ्नो भोट पनि हरायो !

गोरखा । भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट पनि पाएनन् । ढकालले चुनाव चिन्ह ‘खानेपानीका धारा’ लिएर चुनावी मैदानमा होमिएका थिए । राजनीतिप्रति बितृष्णा जाग्दै गएपछि स्वतन्त्र...

कांग्रेसले जित्यो २५० पालिका, एमाले, माओवादीलगायत दल कति पालिकामा विजयी ?

काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले फराकिलो अग्रता बनाएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा दोस्रो पार्टी भएको काँग्रेसले २०७९ मा आइपुग्दा नतिजामा व्यापक सुधारेको हो । काँग्रेसले बिहीबार मध्यान्नसम्म २५० स्थानीय तहमा जित हासिल गरेको छ । यसैगरी...

रेनु दाहालको फराकिलो अग्रता, भेट्टाउन विजय सुवेदीलाई मुस्किल

चितवन । भरतपुर महानगरपालिका, चितवनको मेयर पदकी उम्मेदवार रेनु दाहालले ३ हजार भन्दा बढी मतले अग्रता लिएकी छन् । भरतपुरमा ३९ हजार ९६१ मत गनेर सक्दा रेनुले १५ हजार १६२ मत पाएकी छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार विजय...