Aafno Khabar
खबर

कागेश्वरीको सातौं नगरसभा भोलि, यी हुन नगरभासमा पेश हुने विधेयक

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले सातौं नगरसभाको तयारी स्वरुप सरोकारवालासँग छलफल गरेको छ । माघ ५ गते हुने नगरसभाको तयारीका लागि आज राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवाला पक्षसाग छलफल गरिएको नगर प्रमुख उपेन्द्र कार्कीले जानकारी दिनुभयो । नगरपालिकाले नगरसभामा नगर...

यस्तो बन्यो सातै प्रदेशमा नयाँ सरकार

काठमाडौं । सातै प्रदेशमा नयाँ सरकार गठन भएको छ । मंशिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनबाट नयाँ जनप्रतिनिधि आएपछि पहिला संघ र त्यसपछि प्रदेश सरकार गठनका लागि आह्वान भएको थियो । सातै वटा प्रदेशमा आज साँझसम्म नयाँ सरकार...

गगन र विश्वप्रकाशको असहमत भए पनि कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । आज संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा...

निर्वाचन आयोग र प्रतिनिधिसभाको सर्वोच्चलाई जवाफ ‘गृहमन्त्रीविरुद्धको रिट खारेज होस्’

काठमाडौं । प्रतिनिधिसभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले गृहमन्त्री रवि लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गर्दै परेको रिट खारेज गर्न माग गरेका छन । सर्वोच्च अदालतलाई पठाइएको छुट्टाछुट्टै लिखित जवाफमा तीन वटै निकायले लामिछानेविरुद्धको रिट खारेज...

सरकारले गर्यो सात सचिवको सरुवा,कसको कहाँ

काठमाडौं । सरकारले ७ जना सचिवहरुको सरुवा गरेको छ । आजको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ, उद्योग वाणिज्य तथा आपूर्ति र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिवहरु सरुवा गरेको हो । अर्थसचिव कृष्णहरि पुष्कर कर्णलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा...

काठमाडौंमा नागरिकता बनाउन एक घण्टा मात्रै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा प्रवाहका लागि टाइम कार्ड लागू गरेको छ । आजदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयका अनुसार प्रशासनबाट हुने सेवा प्रवाहलाई व्यवस्थित...

कागेश्वरीलाई ‘खेलकुद नगरी’ बनाउन प्रारम्भिक अध्ययनको काम सुरु

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको ‘खेलकुद नगरी सम्भाव्यता अध्ययन तथा समन्वय समिति’ले प्रारम्भिक अनुगमन सुरु गरेको छ । नगरपालिकालाई ‘खेलकुद नगरी’ बनाउने उद्देश्यका साथ गठन गरिएको समितिले नगरपालिका भित्र रहेका खेल मैदान तथा सम्भावित क्षेत्रमा स्थलगत अनुगमन सुरु गरेको हो...

मन्त्रालय फुटाउने कुरै भएको छैन-‘गृहमन्त्री लामिछाने’

काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको बैठकले विशेष गरी आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित...

गृहले भन्यो ‘अवैधानिक क्रसर उद्योग बन्द गराउनु’

काठमाडौं । गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गराउन बुधबार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र जारी गरेको छ । कानुन विपरित, दर्ता नगरी तथा नवीकरण नभएका, संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन्, प्रशोधन कार्यमा संलग्न...

बौलाहा कुकुरको टोकाइबाट २५ घाइते

चितवन । चितवनमा बौलाहा कुकुरले टोक्दा २५ जना घाइते भएका छन् । जिल्लाको इच्छाकामना गाउँपालिकाको विभिन्न गाउँमा बौलाहा कुकुरले टोकेको हो । गाउँपालिकाको वडा नं ३ अन्तर्गत माझगाउँ, नागदह, ढाप, चिसापनीमा बौलाहा कुकुरले आतङ्क मच्चाएको थियो । घरमा काम गरिरहेको...