Aafno Khabar
खबर

विपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल

चितवन । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको...

सर्वाधिक मतान्तरसहित चुनाव जित्नेमा रवि पहिलो

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा यही निर्वाचनबाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वाधिक ३४ हजार ३१२ मतान्तरले चुनाव जितेका छन् । पूर्वसञ्चारकर्मी लामिछानेले चितवन क्षेत्र नं. २ मा सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य...

आज निर्णायक खेल खेल्दै अर्जेन्टिना

फिफा विश्वकप २०२२ अन्तर्गत आज समूह ‘सी’ र समूह ‘डी’ का निर्णायक तथा अन्तिम चरणका खेल हुँदैछन्। समूह ‘सी’ मा साउदी अरेबियाविरुद्ध मेक्सिको तथा पोल्याण्डविरुद्ध अर्जेन्टिना भिड्दैछन्। समूहमा पोल्याण्ड ४ अंक जोडेर शीर्ष स्थानमा छ भने दोस्रो स्थानको अर्जेन्टिना र...

कास्की १ (क) मा एमालेका खगराज अधिकारी विजयी

कास्की । कास्की निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेका खगराज अधिकारी विजयी हुनुभएको छ। अधिकारीले नेकपा माओवादीका दीपक कोइरालालाई ३ हजार ९ सय ९६ मतले पछि पार्दै विजयी हुनुभएको हो । अधिकारीले १५ हजार ६ सय २३ मत...

अहिलेसम्म ११८ ठाउँको नतिजा आयो, यस्तो छ विजयी हुनेको नामावली

नेपाली कांग्रेस १. मुस्ताङ – योगेश गौचन २. मनाङ – टेकबहादुर गुरुङ ३. काठमाडौं १ – प्रकाशमान सिंह ४. काठमाडौं ३ – सन्तोष चालिसे ५. काठमाडौं ४– गगनकुमार थापा ६. काठमाडौं ५ – प्रदीप पौडेल ७. रसुवा – मोहन आचार्य...

काभ्रेमा गोकुल बास्कोटा ५७ सय मतले अघि

काठमाडाैं । काभ्रे–२मा प्रतिनिधि सभाको मतगणनामा नेकपा एमालेका गोकुल बास्कोटाले ५ हजार ७ सय १८ मतले अग्रता कायम गरेका छन् । हालसम्मको मतपरिणामअनुसार बास्कोटाले ४३ हजार ६ सय ७१ मत ल्याएका छन् भने गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका शिव हुमागाईंले...

समानुपातिकमा एमालेको १० लाख मत कट्यो

काठमाडौं । प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाखभन्दा बढी मत पाएको छ । निर्वाचन आयोगका अनुसार एमालेले अहिलेसम्म १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ । दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ ।...

उपेन्द्र यादवलाई ५७० मतले पछि पारे सिके राउतले

काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई जनमत पार्टीका सिके राउतले फराकिलो अन्तरले पछि पारेका छन् । प्रारम्भिक मतगणना अनुसार राउतको ६२९ मत ल्याउँदा यादवको पक्षमा ५९ मत आएको छ ।

मुस्ताङबाट कांग्रेसले खोल्यो जितको खाता

काठमाडौं । नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रेम प्रसाद तुलाचन रहे । अन्तिम मतगणना चलिरहँदा गन्न बाँकी मत भन्दा गौचनको अग्रता धेरै...

काठमाडौं–१ मा रविन्द्रभन्दा प्रकाशमानकाे ७४ मत बढी

काठमाडौं । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले अग्रता लिएका छन् । सोमबार विहान सार्वजनिक पछिल्लो मत परिणाम अनुसार सिंहले ७५४, राप्रपाका रवीन्द्र मिश्रले ६८० नेकपा एमालेका किरण पौडेलले ४९६, नेपाल सुशासन पार्टीका रमेश खरेलले २२६ र राष्ट्रिय स्वतन्त्र पार्टीका...