Aafno Khabar
स्थानीय

दाङमा रात्रीकालीन निषेधाज्ञा

दाङ । दाङमा भदौ १ गतेदेखि ८ गतेसम्म रातिको समयमा निषेधाज्ञा लगाइने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा शुक्रबार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ १ गतेदेखि ८ गतेसम्म साँझ सात बजेदेखि बिहान पाँच बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने...

बर्दिया, कैलाली कञ्चनपुर क्षेत्रमा भारी वर्षा, सतर्क रहन आग्रह

काठमाडौं । बर्दिया, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका केही क्षेत्रमा भारी वर्षा भएको र थप वर्षाको सम्भावना रहेकोले उच्च सतर्कता अपनाउन जल तथा माैसम विज्ञान विभागले आग्रह गरेकाे छ । यी स्थानमा पछिल्लाे ६ घण्टादेखि लगातार वर्षा भइरहेकाे र याे क्रम अझै...

चीनद्वारा सिन्धुपाल्चाेकका लागि स्वास्थ्य सामग्री सहयाेग

सिन्धुपाल्चोक । चीनको तिब्बत, नेलम काउन्टीले सिन्धुपाल्चोक जिल्लालाई अहिलेसम्मकै ठूलो मात्राको स्वास्थ्य सामग्री सहयाेग गरेकाे छ । सिन्धुपाल्चाेक र चीन जाेडिने मितेरी पुलमा बुधबार सहयोग सामग्री हस्तान्तरण गरिएको हो । नेलम काउन्टीले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका लागि २ हजार ८...

जनकपुरका पूर्वमेयरकाे काेराेना संक्रमणका कारण मृत्यु

धनुषा । जनकपुर उपमहानगरपालिकाका पूर्वमेयर कृष्ण गिरीको निधन भएको छ । कोरोना संक्रमित गिरीको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार राति निधन भएको हो । पारिवारिक स्रोतका अनुसार गिरीको मंगलबार राति १२ बजेतिर उनको मृत्यु भएको हो । ७३ वर्षीय...

मध्यरातमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

डाेटी । डोटीको आदर्श गाउँपालिका–१ खलगडामा मध्यरातमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । सोमबार राति करिब एक बजे स्थानीय लोगे विकको घर भत्किँदा उहाँकी श्रीमती विष्ना विक, १२ वर्षीय छोरा...

उपत्यका ‘सटडाउन’बारे अफवाह, यस्ताे छ वास्तविकता

काठमाडौं । उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि १५ दिनसम्म अत्यावश्यकबाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरे पनि जनमानसमा फरक अफवाह फैलिएको छ । काठमाडौं उपत्यकामा आइतबारदेखि फेरि लकडाउन हुन लागेको भन्दै व्यवसायीदेखि सर्वसाधारणसम्म आत्तिएका छन् । वास्तवमा उपत्यका 'सटडाउन'...

नुवाकाेटमा शुक्रबारदेखि ‘लकडाउन’

नुवाकाेट । नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएपछि सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ । सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक...

विद्यालय खोल्ने निर्णय कार्यान्वयन गराउन सबै स्थानीय तहमा परिपत्र

काठमाडौं । शिक्षा मन्त्रालयले विद्यालय खोल्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गराउन देशभरका सबै स्थानीय तहमा परिपत्र गरेको छ । मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)ले स्थानीय तहलाई विद्यालयका शैक्षिक क्रियाकलाप सञ्चालनार्थ मन्त्रिपरिषद्काे निर्णय कार्यान्वयन गर्न...

हरियाे रुखमा बाँधिएकाे नाङ्गाे तारले गिज्याइरहेछ प्राधिकरण

सिन्धुपाल्चाेक । यतिबेला नेपाल विद्युत प्राधिकरण कुशल प्रशासक कुलमान घिसिङको नेतृत्वमा छ। बर्सेनि अरबौँ घाटा ब्यहोरेको प्राधिकरणलाई आफ्नो असल ब्यवस्थापन क्षमता प्रदर्शन गरेर फाइदामा लगेको र लोडसेडिङ समस्या समाधान गरेकोमा सर्वत्र तारिफ गरिएका घिसिङलाई बेला–बेला आफ्नै कर्मचारी र विभागले असहयोग...

धौलागिरी अस्पतालभित्र छिर्यो कोरोना, स्वास्थ्यकर्मीमा देखियो संक्रमण

बागलुङ । धौलागिरी अस्पतालका एक जना स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण देखिएको छ । बागलुङको धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि अस्पतालको ओपीडि सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।