Aafno Khabar
राजनीति

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपामा जारी विवाद समाधानका लागि सत्तारुढ दल (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । बैठकमा नेकपामा जारी विवादको समाधानका लागि शुक्रबार गठन भएको ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्ने छ ।...

विप्लव समूहका नेता तथा कार्यकर्ता पक्राउ

काठमाडाैं । प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका नेताकार्यकर्ता धमाधम पक्राउ गर्न थालेको छ । केही दिनयता रुकुम पश्चिमबाट चार, जुम्लाबाट तीन, सुर्खेतबाट दुई, सल्यानबाट दुई, दैलेख र डोल्पाबाट एक एक गरी १३ जना पक्राउ गरेको हो । प्रहरीले सुर्खेतको...

कांग्रेसका थप पाँच विभागमा देउवाले गरे मनोनयन

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार थप पाँच विभागमा सदस्य मनोनयन गर्नुभएकाे छ । विरोधकाबीच देउवाले धमाधम विभागहरुमा मनोयन गर्नुभएकाे हाे  । देउवाले पछिल्लोपटक उद्योग व्यापार, आदिवासी जनजाति, जनसम्पर्क समिति, श्रमिक तथा ट्रेड युनियन, राज्य प्रशासन विभागमा १ सय...

सात जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, काे-कहाँ ?

काठमाडौं । सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । रौतहट, दैलेख, म्याग्दी, मुस्ताङ, प्युठान, मनाङ र रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका हुन् । रौतहटमा उमेश बस्नेत, दैलेखमा सन्तबहादुर सुनुवार, म्याग्दीमा उमाकान्त अधिकारी, मनाङमा ध्रुव गिरी, मुस्ताङमा...

देउवाद्वारा विभिन्न १० विभागकाे नेतृत्व नियुक्त

काठमाडौं । महाधिवेशनको मिति नजिकिदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले रिक्त रहेका विभागका प्रमुखको टुंगो लगाउनु भएकाे छ । सभापति देउवाले विभिन्न १० विभागको नेतृत्व नियुक्त गर्नुभएकाे हाे । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले महाविधेशनको आचारसंहिता समेत उल्लंघन हुने गरी...

गाैतम बुद्ध महान् भारतीय भएकाे भारतीय विदेशमन्त्रीकाे दाबी

काठमाडाैं । भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान् गौतम बुद्ध महान भारतीय भएको बताएका छन् । कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तर्क्रिया कार्यक्रममा विदेशमन्त्री जयशंकरले संसारले सम्झिने महान् भारतीयमा गौतम बुद्ध र महात्मा गान्धी रहेको बताएका हुन् । कार्यक्रममा...

‘बरु काेराेनाकाे ओखती फेला पर्ला तर नेकपा झगडाकाे ओखती नपाइने भाे’ : पूर्वमन्त्री बाँस्काेटा

काठमाडाैं । पूर्वमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता गोकुल बाँस्कोटाले बरु काेराेनाकाे ओखती फेला पर्ला तर नेकपा झगडाकाे ओखती नपाइने भाे भनी व्यंग्य गर्नुभएकाे छ । ‘बरु कोरोनाको ओखती फेला पर्ला तर नेकपा झगडाको ओखती कमसेकम काठमाडौंमा चाहीँ नपाइने...

राष्ट्रियसभाका चार समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौं । राष्ट्रियसभा अन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनबाट दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशु राम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र...

‘अनसनकारीसँग संवाद गर्न कुन साइत कुरिरहनुभएकाे छ प्रधानमन्त्रीज्यू ?’

काठमाडाैं । जनताको जीवन रक्षा गर्ने जिम्मेवारीबोध र शासकीय क्षमता सरकारमा नदेखिएको नेपाली कांग्रेसले जनाएको छ । कोभिड १९ नियन्त्रणमा सरकारी प्रभावकारीता खाेजेर अनसनरत युवाले उठाएका माग पूरा गर्न  कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आग्रह गर्नुभएकाे छ । अनसनरत युवाका मागप्रति...

जागे पूर्वमाओवादी पनि, नेकपा (माओवादी) पार्टीको घोषणा

काठमाडौं । पूर्वमाओवादी केन्द्रका सचिवालय सदस्य जुनेल जिसीको नेतृत्वमा नेकपा (माओवादी) पार्टीको घोषणा भएको छ । नेकपा (माओवादी) को ३१ सदस्यीय केन्द्रीय कमिटी रहेको छ । रफत सञ्चार क्लब भक्तपुरमा आज पत्रकार सम्मेलनको आयोजना गरी जनयुद्ध र जनभावनाको मुद्दा सत्तारुढ...