काठमाडौं — नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङ लगायतका विदेशी मुद्राको मूल्य वृद्धि भएको देखिएको छ।
आज अमेरिकी डलर एकको खरिद दर १३९ रूपैयाँ ६५ पैसा र बिक्री दर १४० रूपैयाँ २५ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिद दर १४५ रूपैयाँ ४९ पैसा र बिक्री दर १४६ रूपैयाँ ११ पैसा तोकिएको छ।
त्यसै गरी, युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर १७५ रूपैयाँ ११ पैसा र बिक्री दर १७५ रूपैयाँ ८७ पैसा, साथै स्विस फ्र्याङ्क एकको खरिद दर १५४ रूपैयाँ ८१ पैसा र बिक्री दर १५५ रूपैयाँ ४७ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रूपैयाँ ७६ पैसा र बिक्री दर ८८ रूपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९७ रूपैयाँ ७२ पैसा र बिक्री दर ९८ रूपैयाँ १४ पैसा, तथा सिङ्गापुर डलर एकको खरिद दर १०३ रूपैयाँ ५२ पैसा र बिक्री दर १०३ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।