Aafno Khabar

प्रधानमन्त्री ओलीको सम्बोधन: आर्थिक सुधार र जटिलताका समीक्षा गर्ने योजना

  • आफ्नो खबर
  • January 31, 2025 प्रकाशित

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको प्रतिनिधि सभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गरेका छन्। उनले सरकारले सकारात्मक तरिकाले आफ्नो कार्यलाई अघि बढाउँदै आएको र ०८४ सम्म सत्ता समीकरणमा कुनै विशेष परिवर्तन नहुने बताउनुभएको छ। साथै, संविधान संशोधन विधेयक ल्याउने योजनाका बारेमा जानकारी दिएका छन्।

प्रधानमन्त्री ओलीले बारम्बार विश्वासको मत लिनुपर्ने बाधाबाट मुक्त भएको र त्यसका कारण सरकारको कार्यसम्पादनमा थप गति आएको उल्लेख गर्नुभएको छ। हालै सरकारद्वारा जारी गरिएको अध्यादेशमार्फत आर्थिक सुधारका पहलहरू सकारात्मक तरिकाले अघि बढिरहेको पनि उनले बताए।

सरकारले संविधानको प्रारम्भदेखि देखिएका सबल र दुर्बल पक्षहरूको मूल्यांकन गर्नका साथै अभ्यासका क्रममा देखिएका जटिलताहरूको समीक्षा गर्ने तयारी गरिएको पनि प्रधानमन्त्रीले बताउनुभयो।