काठमाडौं । नेपाल, युएई र हङकङबीचको त्रिदेशीय टि–२० सिरिज आजदेखि सुरू हुँदैछ। सिरिजको पहिलो खेलमा नेपाल र युएई खेल्दैछन्।
खेल दिउँसो १ बजेदेखि मुलपानी क्रिकेट ग्राउन्डमा हुनेछ । नेपालले पहिलोपटक घरेलु मैदानमा युएईसँग टि–२० खेल्दैछ। टि–२०मा हालसम्म भएका पाँच भेटमा युएईले ३ र नेपालले २ खेल जितेको छ।
नेपालले सिरिजको अर्को खेल कात्तिक ३ गते हङकङसँग खेल्नेछ। सिरिजमा लिग चरणका सबै खेल मुलपानी क्रिकेट ग्राउन्ड र फाइनल खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।
त्रिदेशीय टि–२० खेल्ने टोलीमा रोहित पौडेल, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, करण केसी, प्रतिश जिसी, ललित राजवंशी, अभिनाश बोहरा, विवेक यादव, सागर ढकाल, बिनोद भण्डारी, लोकेश बम, सूर्य तामाङ र श्याम (मौसम) ढकाल छन्।