Aafno Khabar
add khanepani

पूर्ण रुपमा खुल्यो जग्गाको कित्ताकाट

  • आफ्नो खबर
  • August 15, 2023 प्रकाशित

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट पूर्ण रुपमा खुल्ला गरेको छ । गत वैशाखमा मन्त्रिपरिषद्ले भू उपयोग नियमावली संशोधन गर्ने निर्णय गरेपनि कार्यान्वयन हुन सकेको थिएन ।

मन्त्रिपरिषदले भूमि व्यवस्था मन्त्रालयले पुनः अध्ययन गरी लगेको संशोधित नियमावली स्वीकृत गर्ने निर्णय गरेको बताइएको छ । हाल भू उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण गरेपछि मात्रै कित्ताकाट गर्न पाइने व्यवस्था रहेको छ ।

स्थानीय तहले वर्गीकरण गर्न नसक्दा करिब १६० पालिकामा मात्रै कित्ताकाट हुँदै आएको छ । सरकारले जग्गाको कित्ताकाट नखुल्दा आर्थिक चलायमान हुन नसकेको भन्दै वैशाखदेखि नै खुलाउने प्रयास गरेको थियो ।