उसबखत पशु र पन्छीबीच ठूलो झगडा भयो । उड्ने चराचुरुङ्गी जति एकातिर, चौपाया पशु अर्कातिर लागे । लडाइँमा कहिले पशु त कहिले पन्छीले जीत हात पार्थे । पशु–पन्छी कित्ताकाट भएको अवस्थामा एउटा चमेरोले भने झगडालाई नजिकबाट नियालिरहेको थियो ।
ऊ आफूलाई निक्कै चलाख सम्झन्थ्यो । उसले दुवैतिरबाट फाइदा लिने सोच्यो । पन्छीले जित्दा आफू पनि पन्छी भएको भन्दै पखेटा फटफटाउँदै पन्छीतिर लाग्थ्यो । पशुले जित्दा बच्चा जन्माउने स्तनधारी भएको फूर्ति लगाएर बच्चालाई दूध खुवाएको सार्वजनिक प्रदर्शन गर्थ्यो।
उसको यो शैलीले दुवै पक्ष हायलकायल थियो । जसले जिते पनि फाइदाको पहिलो हिस्सेदार भएर मैदानमा उत्रिन्थ्यो । समय सधैं एकनास रहँदैन । युद्धले कसैको हित गर्दैन, बरु आफूहरुको टुटफुटले अनपेक्षित पात्र मालामाल भएको महसूस गरी दुवै पक्षले युद्धविरामको घोषणा गरे ।
अविरजात्रा गरेर नाचगानसाथ मेलमिलापको अभूतपूर्व घोषणा गरियो । पशु–पन्छीको मेलमिलापले चमेरो चेपुवामा पर्यो। चमेरोलाई अब कता लाग्ने भन्ने द्विविधा भयो । उसलाई पशु र पन्छी दुवैले पत्याएनन । चमेरोजस्तै अवसरवादीले मेलमिलाप हुन नदिएर झगडा गराएको निष्कर्ष निकालेर दुबै पक्ष सचेत भए ।
तिरस्कार र अपमान सहन नसकेपछि चमेरो दिउँसो हिँड्न छोड्यो । दाउपेचको मुकुण्डो उघ्रिएपछि निरीह बनेको छ । त्यही प्रकरणदेखि चमेरोको गतिविधि अहिलेसम्म पनि रातमा सीमित बनेको आहान अद्यावधि कायमै छ ।
अघिल्लो वर्ष लगातार तीनवटा चुनाव गरेर जनप्रतिनिधि छानेको बाहेक हामीसंग गौरव गर्न लायक कुनै सुसमाचार छैन । जनप्रतिनिधि नाममा चमेरो चरित्रलाई अनुमोदनबाहेक नेपाली नागरिकसंग अरु कुनै हतियार बाँकी छैन । संविधानमा व्यवस्था गरिएको समानुपातिक राजनीतिक प्रणालीले अनन्तकालका लागि वर्णशंकर सरकारको बाटो खोलिदिएको छ ।
तीन तहको चुनाव सकिएको आधा वर्ष नहुँदै संघ र प्रदेशका सरकार तासमहल बनेका छन् । अबका साढे चार वर्ष देशको राजनीतिले कुन लय समात्ने हो भन्ने स्वयं देशका आजीवन म्यानेजर बन्दै आएका मुखियाहरुलाई थाहा छैन । आफैंले ल्याएको संघीयता नामको सलहले नेपाली जनताको बाली सत्यानास गर्ने हो । शासन व्यवस्था आफैंमा जाति नजाति हुँदैन ।
नजाति त शासन व्यवस्थामा जबर्जस्त घुसाइएको दलालीतन्त्र हो । दलाली सर्वस्वीकार्य यस्तो राष्ट्रिय विगुत बनेको छ, जुन दलका लागि सर्वस्वीकार्य बनेको छ । राज्यकोषमा संस्थागत लुटतन्त्र अब काबु बाहिर बन्दै गएको छ । साढे चौध खर्ब राजश्व उठ्नुपर्ने यो समय आधाको हाराहारीमा आम्दानी खुम्चिएको छ ।
विकासमा सय रुपियाँ छुट्याएको सरकारले नयाँ बजेट आउन एक महिना बाँकी रहँदा चालीस रुपियाँ पनि खर्चिन सकेको छैन । आम्दानीविनाको खर्च गर्ने प्रवृत्ति जनतामा उपद्रो जागेको छ । कमाउन नसकेको धन, रमाउन नसकेको मन, तिर्न नसकेको रिन, बिर्सन नसकेको दिन, बचाउन नसकेको पैसा र बिथोलिएको निद्राले जनताको अवस्था उठी सुख, न बसी सुख भएको छ ।
राजनीतिसंग जनताको साइनो लहरमा भेट, आँधीमा अन्त हुने समुद्रको पानीजस्तै भएको छ । राजाको विरोध गरेर जनता सडकमा उरालेका नेताहरु नजानिदो ढंगले आफैं राजा बनेका छन् । ढिंडोरोटोको पृष्ठभूमिबाट जीवन शुरु गरेकाहरु भूजा ज्यूनारको गन्तव्यमा पुगेपछि आफूलाई बिसर्जित गरेका छन् ।
त्यसो भए नेताको जीवनशैली कस्तो हुनुपर्छ ? त्यसो भए नेताभित्र कमजोरीको कुनै अंश नै हुँदैन त ? अहँ होइन । कमजोेरीबीच नै नेताको जन्म हुन्छ । मानिस आफैंमा गुण र दोषको सम्मिश्रण हो । देश विदेशका स्वनाधन्य नेताहरुको जीवनको पूर्वाद्ध सुन्दा पढ्दा विचित्र लाग्छ । तर समयक्रममा समयले गाल्दै लगेपछि ढलोटबाट भगवान प्रकट भएझैं कुनै पनि विधाका नेताको उदय हुन्छ ।
‘खल्तीबाट पैसा चोर्ने, बिंडी पिउने, दुर्गुण सिक्ने बेलामा मेरो उमेर १२, १३ वर्षको थियो होला । तेस्रोचोटि मेरो चोरी मांसहारी दाजुको सुनको बालाको टुक्राको थियो । उनलाई लगभग २५ रुपैयाँको मामुली कर्जा लागेको थियो । त्यसको भुक्तानीका बारेमा हामी दाजुभाइले सोचिरहेका थियौं ।
मेरो दाजुका हातमा सुनका खँदुवा बाला थिए, त्यसबाट एक तोला झिक्नु ठूलो कुरा थिएन् । बाला काटियो कर्जा तिरियो तर मेरा लागि यो कुरा असह्य भयो । मैले भित्रभित्रै निश्चय गरें कहिल्यै चोरी गर्ने छैन् । मलाई लाग्यो– मैले यो कुरा पिताजीलाई भन्नुपर्छ ।
मुख खुलेन । मैले चिट्ठीमा दोष कबुल गर्दै सजाय माग गरें । चिट्ठी दिँदा मेरा हात कामेका थिए । उहाँले चिट्ठी पढ्नुभयो । आँखाबाट आँसु झार्नुभयो । चिठ्ठी आँसुले भिज्यो । म पनि रोएँ । बुबाको दुख बुझें । यदि म चित्रकार हुन्थें भने त्यो चित्र आज राम्रो संग तयार गर्न सक्थें ।’
गान्धीको आत्मकथा
पान सिगरेटको दुकानमा रेडियोले प्रसारण गरेको सुनेँ– गान्धीको मृत्यु भयो । म ह्याण्ड ग्रिनेड लिएर पर्खिरहेको छु । एउटाले दिएर गइसक्यो र अर्कोले लिन लागिरहेको थियो । मलाई कत्रो ठूलो अँध्यारो महसुस भइरहेको थियो । गान्धीसित मलाई कत्रो ठूलो लगाव रहेको थियो भन्ने अनुभव मैले त्यसबखत गरेँ । मलाई त सबैथोक भताभुंग भएजस्तो लाग्यो ।
विश्वेश्वरप्रसाद कोइराला, आत्मवृत्तान्त
‘मैले स्कुलभित्रै चुरोट लुकाएर पिउन थालें । फस्र्ट ब्वाईले नै खान थालेपछि अरु साथीलाई सजिलो भयो । चुरोट तान्यो, मुखभरिको धुवाँ आकाशतिर फाल्यो । वरिपरि धुवाँको कुइरीमण्डल हेर्न मज्जा लाग्थ्यो । धुवाँलाई फोक्सोसम्म एक फन्का लगाएर नाकबाट फाल्न पाउँदा स्कुलकै दादा भएको भान हुन्थ्यो । म सानैदेखि उटपट्याङ थिएँ । साथीभाइलाई डिट्ठा, हवल्दार, जमदार, सुवेदार बनाउँथें । आपूmचाहिँ बडाहाकिम बन्थें । मैले यसरी खेलाँची सभा बसालेर कतिलाई सिस्नुपानी लगाउने आदेश दिएको छु ।’
रुक्माङ्गद कटवाल आत्मकथा
राजनीतिक क्रान्ति भलै नहोस्, आदिकवि भानुभक्त आचार्यले कविताबाटै घुस्याहा डिट्टा, विचारीहरुको उछितो काढे । आफ्नै साथी गजाधर सोतीकी श्रीमतीको असभ्य र अशिष्ट व्यवहारलाई उनले कलमबाट बाहिर ल्याएर अरुलाई सचेत गराए ।
सम्पति नामको राती गेडी एउटा कलम र कागज भएको एउटा कविले समाजमा यत्रो तरंग ल्याउन सक्छ । चेतनाको छालमा समाजलाई पौड्याउन सक्छ । सत्मार्ग हिँड्नेले एक्काइसौं शताब्दी मात्र होइन पाषाण युगबाट पनि उत्तिक्कै मार्गदर्शन पाउन सक्छ । सच्चा मानिसले कमिलाबाट पनि मेहनत सिक्न सक्छ । त्यो मेहनत सार्थक हुँदा मह जम्मा गर्न मौरी पालिरहन जरुरी छैन् ।
मेहनतीले झारपातबाटै मह बनाउन सक्छ । आगो काठभित्र हुन्छ । त्यसैले त्यो बल्छ । काठभित्रको आगो चिन्न अन्तरचक्षु सक्रिय हुनुपर्छ । त्यसैले भनिन्छ नि– भाले नबासेर विहान हुन कहाँ रोकिएको छ र ?
सुनको गहनाले प्रचार नखोजेजस्तै सच्चा मानिसले आफ्नो विज्ञापन खोज्दैन । तर अहिले बजारमा बर्सिने मपाइत्वको प्रायोजित विज्ञापन सुन्दा, पढ्दा कुरीकुरी मान्नुपर्ने अवस्था छ । उनीहरु लुगा नलगाई जन्मिएको देखि यो सृष्टि थेग्ने जिम्मेवारी कुनै बेला आफ्नै काँधमा रहेको अर्थ लाग्ने सम्मका भाव प्रकट गर्न पछि पर्दैनन ।
आत्मरतिले हरेक तह र तप्कालाई लिलिपुट बनाउँदै लगेको छ । जुन देशको अर्थतन्त्र माइनस तर्खरमा छ, ती देशका बर्दीधारीले त्यागको बिस्कुन सुकाउनुको जमिन के रहन्छ रु जसरी दाम्लो जतिसुकै लामो बाटेपनि त्यसको निष्कर्ष गाँठोमा गएर टुँगिन्छ, त्यसरी नै देशमाथि लगाइएको गुनको परिणाम पनि आर्थिक विकासको सूचकांक नै हो ।
आफ्नो बखानमा भाषणको श्रीगणेश र अन्त्य गर्ने नेताहरुलाई त्यो सिंहासनमा पु¥याउने यो देशका नागरिक सरकारी सेवा लिँदा दर्ता चलानीमा समेत सलामी तिर्न बाध्य छन् । हामीलाई दरिद्र देशको त्यो नागरिक करार गरिएको छ– जुन देशको पासपोर्ट बोकेर हिँड्दा पाइला पाइलामा मर्नुपर्छ । अर्काको आँगनको दुबो हरियो देख्ने रोगले यस्ता विकृतिको उपचार गर्ने जाँगर कसैमा देखिदैन ।
आँसुमा ९९ प्रतिशत भाव एक प्रतिशत पानी हुन्छ रे १ नेपालीको नियति त्यहाँभन्दा माथि उठ्ने लक्षण देखिँदैन । अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई कसैले सोध्यो– ‘तपाईं साधारण मानिसबाट राष्ट्रपति जस्तो उच्च पदमा कसरी पुग्नुभयो रु’ लिंकनले मुस्कुराउँदै जवाफ दिए– ‘मैले आफ्नो जीवनमा पाइला पाइलामा परीक्षा लिएँ, हरेक असफलताबाट केही कुरा सिकें । सम्हालिएँ र आफ्नो त्रुटि सुधार्दै नयाँ बाटो बनाउँदै गएँ । मेरो सफलताको रहस्य यही नै हो ।’
लवाई खवाई र कागजी चिर्कटोमा पाएको प्रमाणपत्र हेर्ने हो भने हाम्रा नेताहरु एक से एक छन् । घरमा किताव राख्छन् । उनीहरुका नाममा दर्जनौं पुस्तक निस्किएका छन् । तर उदेक लाग्दो यिनीहरु पढ्छन चाहीँ के रु सुसंस्कारयुक्त मानिसको गति मति यस्तै हुन्छ रु उनीहरुको जीवनमा कितावी ज्ञानको थोरै तत्वबोधले प्रवेश पाएको देखिदैन । रामायण पढ्छन, महाभारत मच्चाउँछन् ।
हातमा गीता लिन्छन् , बाइबलको विवादमा फस्छन । बाटो र माटोको अन्तर भेउ पाइन्न भने त्यस्तो ज्ञानको के अर्थ रु भनिन्छ– गुरुले ज्ञान बाँड्छन् , शिक्षकले सूचना । सम्भवत सूचना हाम्रा लागि मूलमन्त्र बन्दै गयो । यदि दूध खाएर सर्प झैं विष निकाल्ने हो भने त्यो ज्ञानको अर्थ छैन् । बरु ज्ञान भनेको त घाँस खाएर दूध दिने गाई भैंसी जस्तो पो हुनुपर्छ त । नेताहरुले साँच्चै पढेकै हुन भने या पढ्नकै लागि कितावको ठेलीले दराज भरेका हुन् भने लेखनाथको काल महिमाले किन पेट पोल्दैन ?
भानुभक्तको प्रश्नोत्तरले केही गरौं भने अभिलाषा किन जाग्दैन रु धरणीधरको जागरण कविताको गद्यधाराले किन अल्छी पखाल्दैन रु माधव घिमिरेको राष्ट्र निर्माता कविताले देशमा भाँडभैलो मच्चाउने विक्षिप्त मानसिकतामा किन परिवर्तन ल्याउँदैन रु भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ व्यंग्यले सत्तामोहको नग्न प्रदर्शनमा कि प्रहार गर्दैन रु अनि युवा स्रष्टा बुद्धिसागरको कर्नाली ब्लुज र अमर न्यौपानेको सेतो धरती कृतिले आफ्नो औकात नभुल्न किन प्रेरित गर्दैन र ?
जर्ज बर्नाड शाले भनेका छन्– पढ्नु पर्छ भन्ने सवैलाई थाहा छ । तर के पढ्नु पर्छ भन्ने कसैलाई थाहा छैन । सम्भवतः नेताहरु यही अभिव्यक्तिको शिकार भए । नपढेको पुस्तक, नहिँडेको बाटो, प्यास नमेटिने पानीको के स्वाद हुन्छ र जिन्दगीमा रु जतिसुकै ठूलो समुद्रमा पौडिए पनि मानिसको तिर्खा मेटने तागत त त्यही तिरतिरे धाराले राख्छ । समुद्रको नुनिलो पानीले तिर्खा बढाउँछ । घटाउँदैन ।
जतिसुकै राम्रो र आकर्षक भएपनि मानिसको अनुहार २० वर्षसम्म मानसपटलमा रहला । तर विचार २ हजार वर्षसम्म अमर रहन्छ । त्यसैले नेताहरुले जनताको घरमा हैन, मनमा बास बस्ने चेष्टा गर्नुपर्छ । जिन्दगीमा जब ठूला ठूला बस्तुहरु मिल्छन तब सानालाई भुल्ने गल्ती किमार्थ नगर्नु किनकि जुन काम सियोले गर्न सक्छ, त्यो काम तरबारले गर्न सक्दैन ।
अबको युग अन्त्यहीन सीमा र अन्तरीक्षमा झण्डा गाड्नु नभएर चेतन मानव मस्तिष्कको युग हो । त्रिशुल, गाईको फोटो, धनुकाँडको जामा बोकेर संविधानमा अधिकारको सवाल उठाउनु भनेको असभ्यताको पराकाष्टा हो । धर्म, संस्कृति भनेको व्यक्तिभित्रको सन्तुलन हो ।
आत्मअनुशान हो । यो खैंजडी बनाउने विषय होइन । हिमाली भेगका जनता तराईमा जन्मेका बुद्धका अनुयायी छन् । तराईबासी हिमालय पर्वतमा विराजमान महादेवको पूजा आराधना गर्छन् । प्रकृतिले मिलाएको सन्तुलन विगार्न खोज्नेहरु आफैं खरानी हुने निश्चित छ ।