गाँजा खानेलाई हाम्रो समाजमा राम्रो मानिदैन् । अनी नेपालको कानुनले पनि गाँजा सेवनलाई बैधानिकता प्रदान गरेको छैन् । कसैले यसलाई औषधिको रुपमा प्रयोग गर्छन भने कोही ब्यक्ति गाँजाको लत लागेर खाने गर्छन् ।
यसलाई औषधिका रूपमा नियन्त्रित तवरले प्रयोग गर्दा स्वास्थ्यको क्षेत्रमा फाइदा पुर्याउने देखिन्छ । साथै यसमा केही बेफाइदा पनि जोडिएका छन् ।
यसमा १ सयभन्दा बढी रसायन तत्त्व पाइन्छन् । गाँजामा पाइने टेट्राहाइड्रो क्यानाबिनोल र क्यानाबिडोल तत्त्वलाई औषधिका रूपमा प्रयोग गरिएको पाइन्छ । टीएचसीले गाँजा सेवन गर्दा अलौकिक संसार पुगेको महसुस गराउँछ । त्यसैले गाँजा सेवन गर्दा मस्तिष्क आफ्नो काबुमा कमै हुने गर्छ ।
अल्जाइमर, पाचन प्रक्रियाको समस्या, एनोरेजिया, छारेरोग, सिजोफ्रेनिया, दीर्घकालीन मांसपेशीको दुखाइ कम गर्न, क्यान्सरका ट्युमर कोषिकालाई मार्न गाँजाको सीमित प्रयोग गर्न सकिने वैज्ञानिक तथ्यले बताएको छ । गाँजाको दानालाई अचारका रूपमा प्रयोग गर्दा पाचन प्रक्रियामा सहयोग पुर्याउँछ ।
१. गाँजामा भएका २ सय रसायनमध्ये टीएचसीले भावना परिवर्तन हुने, मुड फ्रेस गराउने र धारणा परिवर्तन गराउने काम गर्छ ।
२. गाँजालाई भोक लगाउने, पाचन प्रणाली राम्रो बनाउने र दिसासम्बन्धी समस्या हटाउने औषधिको रूपमा प्रयोग गर्न सकिन्छ ।
३. बिरामी लठ्याउन वा उसको पीडा कम गर्न अहिलेजस्तो ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नहुँदा सयौं वर्षदेखि गाँजाको प्रयोग हुँदै आएको थियो ।
४. शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागुऔषधको लत छुटाउन गाँजाको प्रयोग गर्न सकिन्छ । साथै क्यान्सरमा किमोथेरापी पछि हुने बान्तालाई पनि यसले कम गर्छ भन्ने मान्यता रही आएको छ ।
५. आँखाको प्रेसर पनि कम हुन्छ । दुखाई कम गर्न र निन्द्रा लगाउन पनि यसको प्रयोग गर्न सकिन्छ ।
६. पाइल्स भएमा गाँजाको लेप लगाउँदा निको हुन्छ ।
गाँजाका बेफाइदा
१. लामो समयसम्म गाँजा प्रयोग गर्दा मानसिक समस्या आउन सक्छ ।
२. नियमित प्रयोगले हृदयघात निम्त्याउँछ ।
३.गाँजा सेवन गर्ने व्यक्ति कडा डिप्रेसनको सिकार बन्ने सम्भावना बढी हुने गर्छ ।
४. गाँजामा भएको टीएचसी रसायनले चेतनामा असर गर्ने हुँदा यसले मस्तिष्क र स्नायु प्रणालीलाई क्षति गर्न सक्छ ।
५.लत लाग्ने, मुख सुख्खा हुने र निरन्तर प्रयोगले तौल कम हुँदै जान्छ ।