काठमाडाैं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आइतबारदेखि थप कडा गरिने भएको छ ।
कोभिड १९ नियन्त्रणका लागि उपत्यकाका तीन जिल्लामा गरिएको निषेधाज्ञा प्रभावकारी बनाउन थप कडाइ गर्न लागिएको हो । शनिबार काठमाडौंका सडकमा अनुगमन गर्न निस्केको प्रमुख जिल्ला अधिकारीको टोलीले निषेधाज्ञा प्रभावकारी रहेको निष्कर्ष निकालेपछि आइतबादेखि थप कडा गर्न लागिएकाे हाे ।
बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाइ गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था सञ्चालन हुँदा सडकमा सवारी चाप बढेको पाइएकाले आइतबारदेखि सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउने तयारी उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले गरेका छन् ।