Aafno Khabar

यी १२ जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित, देशभर कुन जिल्लामा कति ?

  • आफ्नो खबर
  • April 28, 2021 प्रकाशित

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका हाल १२ जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी रहेको जानकारी दिएको छ ।

मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, पर्सा, कास्की, दाङ, बाँके, रुपन्देही, सुर्खेत र कैलाली संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ ।

यसैगरी १० वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा सुनसरी, झापा, बारा, धनुषा, मकवानपुर, काभ्रे, पाल्पा, बर्दिया, कपिलवस्तु र कञ्चनपुर छन् ।

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा २, ओखलढुंगामा १, खोटाङमा २, झापामा ४०, ताप्लेजुङमा २३, धनकुटामा १, भोजपुर ३, मोरङमा १२८ , र सुनसरी ४९ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा ५३, पर्सामा १२३, बारामा ४१, महोत्तरीमा १७, रौतहटमा २३, सप्तरीमा ७, सर्लाहीमा १० र सिरहामा १७ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र १ हजार ४६४ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५०, चितवनमा १४७, दोलखामा ६, धादिङमा २२, नुवाकोटमा २५, भक्तपुरमा २३२, मकवानपुरमा ४, रसुवामा १, रामेछापमा ८, ललितपुरमा ३५१, सिन्धुपाल्चोकमा १७ र सिन्धुली ८ जनामा कोरोना पुष्टि भएको छ ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १८२, गोरखामा ६१, तनहुँमा १५, नवलपरासी पूर्वमा १८, पर्वत ११, मुस्ताङ १, म्याग्दी १३, लमजुङमा १, बागलुङमा २१ र स्याङजामा २१ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २०, कपिलवस्तुमा ४७, गुल्मीमा १८, दाङमा १८०, नवलपरासीमा २८, पाल्पामा २८, प्यूठानमा ८, बर्दियाका २८, बाँकेमा ३२८, रुकुम पूर्व ५, रुपन्देहीमा ४३४ र रोल्पामा ९ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ५, जाजरकोटमा ८, जुम्ला ८, डोल्पा १, दैलेखमा ५, मुगु २, रुकुम पश्चिममा ३, सल्यानमा ५ र सुर्खेतमा १३२ जनमा कोरोना भेटिएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा २४, कैलालीमा १९४, डडेल्धुरामा १२, डोटी २, दार्चुला १, बझाङमा २, बाजुरामा १ र बैतडीमा २२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।