Aafno Khabar

राष्ट्रियसभाको रिक्त पदका लागि तोकियाे उप निर्वाचनको मिति

  • आफ्नो खबर
  • April 22, 2021 प्रकाशित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको रिक्त पदका लागि उप निर्वाचनको मिति तोकेको छ । आयोगले गृहमन्त्री रामबहादुर थापाको स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिना भन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उप निर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था छ ।

गृहमन्त्री थापाले माओवादी छाडेर एमाले प्रवेश गरेपछि उनको पद रिक्त भएको थियो । थापा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट ६ वर्षका लागि निर्वाचित भएका थिए ।

माओवादी केन्द्रले थापाले दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार उनीहरुलाई कारवाही गरेको थियो । माओवादीले दल त्याग गरेको सूचना संघीय संसद सचिवालयमा बुझाउँदै राष्ट्रियसभा सदस्यबाट पदमुक्त गर्न सिफारिस गरेको थियो ।