Aafno Khabar

एकैदिन थपिए ९०० जना कोभिड–१९ संक्रमित, कति छन् नेपालमा सक्रिय संक्रमित ?

  • आफ्नो खबर
  • April 16, 2021 प्रकाशित

काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप ९०० जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकानुसार पछिल्लो समय ६ हजार १५८ जनाको स्वास्थ्य परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

जसमा काठमाडौं उपत्यकामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकानुसार काठमाडौंमा २८६, ललितपुरमा ४३ जना र भक्तपुरमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

आजसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ८२ हजार ८९० पुगेको छ । त्यस्तै पछिल्लो समय थप २०८ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या दुई लाख ७४ हजार ८१२ रहेको छ। निको हुने दर भने ९७ दशमलव एक प्रतिशत रहेको छ ।

अहिले देशभर पाँच हजार आठ सक्रिय संक्रमित छन्। उनीहरुमध्ये ६६ जना क्वारेन्टिनमा रहेका छन् । अन्य आइसोलेसनमा रहेका छन् । हालसम्म नेपालमा २३ लाख ३५ हजार ८५ को पीसीआर परीक्षण भएको छ ।

त्यस्तै पछिल्लो समय कोरोनाका कारण चार जनाको मृत्यु पुष्टी भएको छ भने दुई जनाको मृत्यु भएको छ । हालसम्मा तीन हजार ७० ले कोरोनाको कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।