Aafno Khabar

निगमले बढायो पेट्रोलियम पदार्थको मूल्य

  • आफ्नो खबर
  • April 4, 2021 प्रकाशित

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

मूल्य वृद्धिपछि पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ । ​निगमले हवाई इन्धन र ग्यासको मूल्य भने यथावत् राखिएको जानकारी दिएको छ ।