काठमाडाैं । पठाओ राइडरलाई पठाओको लोगो अङ्कित ज्याकेट लगाएर राइड गर्न रोक लगाइएको छ । मंगलबार सरकारी निकाय र पठाओ बीच भएकाे छलफलले राइडरलाई पठाओको लोगो अङ्कित कपडा लगाउन रोक लगाएको हो ।
अफलाइन राइडको विकृती हटाउन उक्त निर्णय गरिएको पठाओ नेपाल प्रालीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए ।
राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नाअएसम्म प्रयोग नगर्न उनले अनुरोध गरेका छन् । कोही राइडरले पठाओको ब्रान्ड झल्कने कुनै कपडा प्रयोग गरेर राइड गरे कारबाही हुने उनले बताए ।