Aafno Khabar

नेपालमा काेराेना त्रास : सभा, जुलुस नगर्न स्वास्थ्य मन्त्रालयकाे अनुराेध

  • आफ्नो खबर
  • March 22, 2021 प्रकाशित

काठमाडाैं । छिमेकी देशमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढ्न थालेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ।

आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले छिमेकी देश भारतमा देखिएको संक्रमणको त्रास नेपालमा पनि भएकाले सतर्कता अपनाउन अनुरोध गरेका हुन् ।

उनले सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न अनुरोध गरेका हुन् ।