Aafno Khabar

कोरोना अपडेट : ९ हजार २१० परीक्षण, १९४८ संक्रमित

  • आफ्नो खबर
  • November 25, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ९ हजार २१० नमुना परीक्षण गर्दा १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१० नमुना परीक्षण गर्दा ७७४ महिला र ११७४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । उनीहरुमध्ये १३८९ जनाको मृत्यु भएको छ भने २ लाख ७ हजार ९९८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २१४० जना संक्रमणमुक्त भएका हुन् ।

देशभर १६ हजार ६३९ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३४५ जनाको आईसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।