काठमाडाैं । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
विश्वभर संक्रमितको संख्या ३ करोड ६७ लाख ३८ हजार ६८९ पुगेको छ । पछिल्लो २४ घण्टामा विश्वमा थप ६ हजार ४२४ जना संक्रमितकाे ज्यान गइसकेकाे छ ।
कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ६६ हजार ४१२ पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । हालसम्म विश्वभर २ करोड ७६ लाख ४० हजार ३१ जना संक्रमित निकाे भइसकेका छन् ।
सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ७८ लाख नाघेको छ । दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ६९ लाख नाघेको छ । ब्राजिलमा पनि संक्रमित संख्या ५० लाख नाघेको छ ।