धनुषा । विश्वकर्माको मूर्ति विसर्जन गर्ने क्रममा दुई पक्षबीच झडप भएपछि सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यु आदेश जारी गरिएको छ ।
शनिबार दिउँसो १ बजेर ३० मिनेटदेखि आइतबार बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको हो।
शुक्रबार विश्वकर्माको मूर्ति विसर्जन गर्ने क्रममा दुई पक्षबीच झडप हुँदा झण्डै एक दर्जन व्यक्ति घाइते भएका थिए । सेलाउन लगिएको मूर्ति अहिले जिल्ला प्रहरी कार्यालयमा राखेर दुबै पक्षबीच छलफल गरिएको छ ।