काठमाडौं । नेपालमा थप १२ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।
संक्रमितमध्ये ४५ हजार २६७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४०१ जनाको मृत्यु भएको छ । शनिबार १४ सय ४७ जना कोरोना जितेर घर फर्किएका छन् ।