Aafno Khabar

आन्तरिक उडान र लामो दुरीका सवारी असोज १ गतेबाट नै खुल्ने

  • आफ्नो खबर
  • September 15, 2020 प्रकाशित

काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने सरकारले निर्णय गरेको छ ।
साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्ने सरकारले निर्णय गरेको छ ।

सरकारले आन्तरिक हवाई उडान पनि असोज १ गतेबाटै खुला गर्ने निर्णय गरेको छ । स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्ने निर्णय सरकारले गरेको हो ।

विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।