Aafno Khabar

२४ घण्टामा विश्वभर २ लाख ९२ हजार बढी काेराेना संक्रमित

  • आफ्नो खबर
  • August 1, 2020 प्रकाशित

फाइल तस्बिर ।

काठमाडौं । शुक्रबार एकैदिन विश्वभर २ लाख ९२ हजार ५ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएकाे छ । २४ घण्टामा यति धेरै संक्रमित फेला परेको यो पहिलो पटक हो ।

शुक्रबार सबैभन्दा धेरै ब्राजिल, अमेरिका, भारत, दक्षिण अफ्रिका र कोलम्बियामा संक्रमित फेला परेका हुन् ।

ब्राजिलमा ६९ हजार ७४, अमेरिकामा ६५ हजार ४ सय ६, भारतमा ५५ हजार ७८, दक्षिण अफ्रिकामा ११ हजार ४६ र कोलम्बियामा ८ हजार ६ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको डब्लूएचओले जनाएको छ ।

शुक्रबार एकैदिन विश्वभर ६ हजार ८ सय १२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।