काठमाडौं । शुक्रबार झापाका ६२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । धरानको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना पोजेटिभ पुष्टि भएको बताइएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको सङख्या ४९ पुगेको छ ।
उनलाई अहिले आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ। उनको विषयमा थप विवरण आउन बाँकी छ । बिहीबारसम्म नेपालमा ४८ जनामा कोरोना पुष्टि भएको थियो। जसमध्ये १० जना निको भएका छन् भने अन्य ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।