काठमाडौं । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने बताएकाे छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा संबोधन गर्नुहुँदै संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गर्नुभएकाे हाे ।
विश्वमा माहामारीकाे रुपमा फैलिरहेकाे काेराेना भाइरस संक्रमणकाे जाेखिम न्यूनीकरणका लागि सरकारले विभिन्न कदम चालिरहेकाे छ ।
याे पनि पढ्नुहाेस् ।