Aafno Khabar

प्रधानमन्त्रीलाई आइतबार वा साेमबार डिस्चार्ज गर्ने अस्पतालकाे तयारी

  • March 7, 2020 प्रकाशित

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार वा साेमबार अस्पतालबाट डिस्चार्ज गर्ने अस्पतालले तयारी गरेकाे छ।

स्वास्थ्य अवस्था राम्रो हुँदै गएकाले आइतबार वा साेमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने प्रधानमन्त्रीकाे उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । तर डिस्चार्ज हुने बित्तिक्कै  भेटघाट धेरै गर्न नहुने चिकित्सकले बताएका छन् ।

गएको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको अहिले अस्पतालको विशेष कक्षमा राखिएको छ ।