काठमाडौं । अन्तर्राष्ट्रिय सार्वजनिक सेवा नेपालको उपाध्यक्षमा कागेश्वरी मनोहरा नगर अस्पतालका प्रमुख रामप्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।
कात्तिक २३ गते भएको चौथो वार्षिक साधारण सभाबाट पौडेललाई उपाध्यक्षमा नियुक्त गरिएको हो । अन्तर्राष्ट्रिय सार्वजनिक सेवा १६२ देशका सार्वजनिक निकायमा कार्यरत कर्मचारीको साझा संस्था हो ।
जसले कर्मचारीको हक र अधिकारको पक्षमा सामूहिक सौदाबाजी गर्दै आएको छ । उक्त संस्थाको नेपाल च्यापटरको उपाध्यक्षमा निर्वाचित पौडेलले कागेश्वरी मनोहरा नगर अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउने कार्यको नेतृत्व गरिरहनु भएको छ ।
कागेश्वरी मनोहरा नगर अस्पताल काठमाडौंको उत्तरी क्षेत्रमा सुविधा सम्पन्न अस्पतालको रुपमा विकास भइरहेको छ । पौडेल स्थानीय तह कर्मचारी युनियनको अध्यक्ष पनि हुनुहुन्छ ।