Aafno Khabar

कहिले आउँछ एसईई परीक्षाको नतिजा ?

  • आफ्नो खबर
  • June 26, 2025 प्रकाशित

यसपटक माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा नियमित तालिकाभन्दा ढिलो प्रकाशित हुने राष्ट्रिय परीक्षा बोर्डले बताएको छ । बोर्डको परीक्षा क्यालेन्डर अनुसार असार ७ भित्रै प्रकाशित गर्नु पर्ने नतिजा अझै १० दिनजति ढिलो हुने बोर्डले जनाएको छ।

परीक्षा बोर्डका अनुसार शिक्षक आन्दोलनका कारण बोर्डको तालिका ३२ दिन पर सरेको थियो । अब ढिलोमा असार अन्तिम सातासम्ममा नतिजा सार्वजनिक हुने उनीहरुले बताएका छन ।