Aafno Khabar

ऐतिहासिक जीतबाट वञ्चित भयो नेपाल

  • आफ्नो खबर
  • June 8, 2025 प्रकाशित

काठमाडौं । आईंसीसी विश्वकप लिग २ मा नेपाल ऐतिहासिक जीतबाट वञ्चित भएको छ । स्कटल्यान्डले दिएको ३ सय २३ रनको लक्ष्य पछ्याएको नेपाल अन्तिम समयमा सम्हालिन नसक्दा २ रनले पराजित हुन पुग्यो ।

नेपालले एकदीवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । तीन खेलाडीले अर्धशतक बनाएको खेलमा नेपाल ३ सय २१ रनमा अल आउट भयो ।

नेपालका लागि भिम सार्कीले ७३, सोमपाल कामीले ६७ र दीपेन्द्रसिंह ऐरीले ५६ रन बनाए । अन्तिम ५ बलमा ७ रन आवश्यक हुँदा करन केसी १७ रनमा आउट भए ।

यसअघि टस हारेर बलिङ गरेको नेपालका कुनै पनि बलर हाबी हुन सकेनन । नेपाली बलरलाई स्कटल्यान्डका एक खेलाडीले शतक र दुई खेलाडीले सानदार अर्धशतक हाने ।