काठमाडौं। प्रख्यात भाषाविद् र ‘ग्रामर गुरु’का रूपमा चिनिने चूडामणि गौतमको निधन भएको छ। उनको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा उपचारका क्रममा निधन भएको हो।
चूडामणि गौतमले अंग्रेजी भाषाको ग्रामर विषयमा प्रख्यात पुस्तकहरू लेखेका थिए। उनले पछिल्लो समयमा नेपाली भाषाको विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका थिए। उनले ०७९ साल भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ को विमोचन गरेका थिए भने यसअघि ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’ पनि सार्वजनिक गरेका थिए।
उनको निधनले नेपाली र अंग्रेजी भाषाको क्षेत्रमा ठूलो क्षति पुगेको छ।