Aafno Khabar

नेपाल आयरल्यान्ड डे मा झुल्दै आयरल्यान्डको फनिस पार्क

  • आफ्नो खबर
  • २०८१ जेष्ठ २० गते २३:५५ प्रकाशित

काठमाडौं – नेपाल आयरल्यान्ड दिवसका अवसरमा आयरल्यान्डको फनिस पार्क डब्लिनमा भव्य कार्यक्रम हुने भएको छ । एनआरएनए आयरल्यान्ड र नेपाल आयरल्यान्ड समाजको संयुक्त आयोजनामा जुलाई ७ मा हुने कार्यक्रममा आयरल्यान्डका सभामुख, राष्ट्रियसभाका अध्यक्ष लगायत विशिष्ट अधिकारीको सहभागिता रहनेछ ।

कार्यक्रममा सहभागी हुनका लागि ५ देखि ७ हजार नेपाली तथा स्थानीय आउने आयोजकले जनाएको छ ।
सो अवसरमा नेपालको पर्यटन प्रवर्धनका लागि टुरिजम टकको समेत आयोजना गरिएको एनआरएनए आयरल्यान्डका महासचिव चन्द्रकाजी घलेले जानकारी दिए । कार्यक्रम आयोजना हुने आयरल्यान्डको फनिस पार्क डस्लीन ऐतिहासिक महत्त्व बोकेको क्षेत्र हो ।