Aafno Khabar

हिमांशु पाठशालाले मानसिक स्वास्थ्य र योग विषयमा निबन्ध लेखन प्रतियोगिता गर्ने

  • आफ्नो खबर
  • २०८० माघ २७ गते २२:५७ प्रकाशित

काठमाडौं । हिमांशु दिव्य संस्कृति पाठशालाले सरस्वती पूजाको दिनमा मानसिक स्वास्थ्य र योग शीर्षकमा निबन्ध लेखन प्रतियोगिताको आयोजना गर्ने भएको छ । विद्यार्थीहरूमा बढ्दो मानसिक समस्यालाई योगको सहायताले हटाउन सकिन्छ भन्ने जनचेतना फैलाउनका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

निबन्ध प्रतियोगितामा भाग लिनको लागि सहभागिले फागुन १ गते बेलुका ५ बजेभित्र आफ्नो नाम अनलाइन मार्फत दर्ता गराइसक्नु पर्ने संस्कृति पाठशाला जनाएको छ । योग र मानसिक स्वास्थ्यसँग सम्बन्धित भएर लेखिने निबन्ध १००० देखि १५०० शब्दसम्म हुनुपर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । आफ्नै मौलिक भाषामा लेखिनुपर्ने निबन्धको भाषा अङ्ग्रेजी हुनुपर्ने बताइएको छ ।

प्रतियोगितामा प्रथमलाई रु.३००० सहित एक महिनाको हठ योगाको ५० प्रतिशत छात्रवृत्ति, द्वितीय हुनेलाई रु २००० र ३५ प्रतिशत हठ योगको छात्रवृत्ति तथा तृतीय हुनेलाई रु १००० र हठ योगको २५ प्रतिशत छात्रवृत्ति प्रदान गरिने पाठशालाका संयोजक स्वामी आनन्दप्रदीप ओलियाले जानकारी दिए ।

आबेदन को लागि यहाँ क्लिक गर्नुहोस ।