काठमाडौं । नेपाल विश्वकप फुटबलको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । मंगलबार दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २–१ को नतिजा सहित दोस्रो चरण प्रवेश गरेको छ ।
नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे । अन्जन विष्टको पासलाई सदुपयोग गर्दै मनिषले खेलको ५३ औं मिनेटमा नेपालका लािग गोल गरेका थिए ।
काठमाडौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो लेगमा जित निकाल्ने टिम अघिल्लो चरण प्रवेश गर्न पाउने थियो ।
समिकरण अनुसार नेपालले दोस्रो लेगमा जित निकाल्दै अघिल्लो चरण प्रवेश गरेको छ । नेपालले अब समूह एचमा बहराईन, युएई र यमसँग होम एण्ड अवेका आधारमा छनोट चरण खेल्न पाउनेछ ।