धादिङ । काठमाडौंबाट बेनी जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको दुर्घटनामा परी ८ जनाको मृत्यु भएको हो। मृत्यु भएकाहरूको पहिचान खुलिसकेको छैन।
घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार भएको छ। जसमध्ये ४ जनाको धादिङकै राजमार्ग अस्पताल र १३ जनालाई थप उपचार गर्न काठमाडौं ल्याइएको छ।
धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस बुधबार बिहान सवा ११ बजे दुर्घटनामा परेको हो। बस त्रिशूली नदीमा पुगेको छ।
बस दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको उनले बताए। मृतकमध्ये २ जना महिला र ६ जना पुरूष छन्। बस बिहान ७ बजे काठमाडौंबाट छुटेको थियो।