Aafno Khabar
add khanepani

भाग्यले दियो, कर्मले ठेल्यो

  • संकेत कोइराला
  • August 21, 2023 प्रकाशित

एउटा शान्त कोठामा चारवटा मैनबत्ती बलिरहेका थिए । पहिलोले दुखी हुँदै भन्यो– ‘म शान्ति हुँ , मलाई सबै चाहन्छन, आत्मसात गर्दैनन । मनले रुचाए पनि मस्तिष्कमा मप्रति सकारात्मक धारणा छैन । यस्तो स्थितिमा मैले बल्नुको कुनै अर्थ छैन ।’ यो सोच्नासाथ ऊ झ्याप्पै अन्धकारमा अनुवाद भयो ।

दोस्रो बत्ती पहिलोभन्दा अझ दुखी थियो । उसले आफ्नो परिचय दियो– ‘म विश्वास हुँ । मलाई अधिकांश मानिस टिकाउन समर्थ हुँदैनन । यदि म कसैका लागि रुचिकर हुन्न भने बल्नुको के अर्थ ?’ त्यतिबेलै आएको हावाहुरीले बत्तीको प्राण लियो ।

तेस्रो बत्तीको नाम थियो– विश्वास । उसको आफ्नै दुखेसो थियो- ‘मभित्र अब बल्ने तागत नै सकिएको छ । मेरो महत्व मानिस बुझ्न छोडिसकेका छन् । सबैमा मूर्खको श्रीपेच पहिरिने होड छ । अज्ञानको भवसागरभित्र मेरो औचित्य सकिएको छ ।’ निराशाको कालो बादलले घेरिएको ज्ञानले परिवेश अन्धकार बनाएर तत्काल निभ्ने निर्णय लियो ।

संसारमा सबैथोक सकिए पनि रहने एउटा वस्तुको नाम हो- भविष्य । एउटा सानो बीजबाट शुरु भएको मूलाको जीवन आफैंले भीमकाय खाल्डो बनाउँदै हुर्किन्छ । संसारको सर्वाधिक कडा चट्टानको सौन्दर्य नरम पानीभित्र हुन्छ । भीरबाट लडेको ढुंगोले कतै न कतै गएर अडिने ठाउँ पाउँछ ।

अँध्यारोको आयतन झन फैलियो । एउटा अबोध बालक त्यतिबेलै त्यस कोठामा प्रवेश ग¥यो । उसले देख्यो तीन बत्ती बलिरहेका थिएनन । उसले निभेका बत्तीलाई रुँदै प्रश्न गर्‍यो – ‘तिमीहरुको धर्म बल्ने हुँदाहुँदै किन निभ्ने अप्रिय निर्णय लियौ ?’ बालक दुखी भएको देखेर जलिरहेको बत्तीले ढाड्स दिँदै भन्यो– ‘म आशाको दीप हुँ । म बल्दाबल्दै तिमीले चिन्ता लिन जरुरी छैन ।’ यो सुन्नासाथ बालकको अनुहारमा एकाएक चमक आयो । उसले त्यही आशाको दीप हातमा उठाएर शान्ति, विश्वास र ज्ञानलाई पुनर्जीवित तुल्यायो ।

संसारमा सबैथोक सकिए पनि रहने एउटा वस्तुको नाम हो- भविष्य । एउटा सानो बीजबाट शुरु भएको मूलाको जीवन आफैंले भीमकाय खाल्डो बनाउँदै हुर्किन्छ । संसारको सर्वाधिक कडा चट्टानको सौन्दर्य नरम पानीभित्र हुन्छ । भीरबाट लडेको ढुंगोले कतै न कतै गएर अडिने ठाउँ पाउँछ ।

हो, भट्टीदेखि सिंहदरबारसम्म असन्तुष्टि र गुनासाका चाङ लगाए पनि आखिर आमा र छिमेकी फेर्न सम्भव छैन । मलामी र जन्तीका लागि अलग बाटा छैनन् । त्यही उसिनेको चामल थालमा भात भनिन्छ, भूइँमा झर्नासाथ जूठो कहलाउँछ । भगवान शिवजीको घाँटीमा बेरिएको सर्प पुजिन्छ, बाटाको मारिन्छ । भगवानमा चढ्ने पानी जल कहलिन्छ । पूजाको दहीले अर्गको विशेषण पाउँछ ।

जबसम्म अँध्यारो र उज्यालो रहन्छ, तबसम्म सुखदुखका कथा समदूरीमा रहन्छन् । पृथ्वी भौगोलिक असन्तुलन रहेसम्म मिलन, विछोड, हाँसो र आँसु जीवनका दुई किनार भइरहन्छन् । आखिर युक्रेनजस्तो स्वर्गको टुक्रो देशका हजारौं जनता मरेका छन् । बाँचेका लाखौं पटक मर्दै बौरिँदै गरिरहेका छन् । अफगानी शासकले मान्छेलाई मान्छेको स्वरुपमा बाँच्न दिएको छैन ।

वस्तु त्यही हो तर वस्तुस्थितिले उसको ओहोदा फरक पर्छ । आँसु र हाँसोका आफ्नै सीमारेखा हुन्छन् । स्वजन गुमाउँदा आँसुको भेलले आफैंलाई मेट्न खोज्नेहरु अन्ततः पीण्डदानमा पुगेर टक्क अडिन बाध्य हुन्छन् । मान्छेले मान्छेको के संग प्रेम हुन्छ त ? शरीरलाई माया गर्ने हो भने उसको प्राण गएपछि पनि सकुशल कायाप्रति उसको आशक्ति रहँदैन ।

मृत शरीर यति घृणित हुन्छ कि ऊ आफ्नो नाम बोक्न समर्थ हुँदैन । ऊसंगै उसका जन्मकुण्डलीसमेत बिसर्जित हुन्छ । मान्छे एक्लो आउँछ, फगतः एक्लै जान्छ । बाँकी सम्बन्ध बाटोमा बटुवासंगको भेटघाटजस्तै हो ।

जबसम्म अँध्यारो र उज्यालो रहन्छ, तबसम्म सुखदुखका कथा समदूरीमा रहन्छन् । पृथ्वी भौगोलिक असन्तुलन रहेसम्म मिलन, विछोड, हाँसो र आँसु जीवनका दुई किनार भइरहन्छन् । आखिर युक्रेनजस्तो स्वर्गको टुक्रो देशका हजारौं जनता मरेका छन् । बाँचेका लाखौं पटक मर्दै बौरिँदै गरिरहेका छन् । अफगानी शासकले मान्छेलाई मान्छेको स्वरुपमा बाँच्न दिएको छैन ।

महिलाले स्कुल, कलेज टेक्नासाथ जीवनलीला समाप्त गर्ने अभ्यास शुरु भएको छ । श्रीलंका, पाकिस्तान, थाइल्याण्ड, नेपालजस्ता मुलुक असफल राजनीतिक प्रयोगका दृष्टान्त बनेका छन् । म्युजिकल चियरजस्तै देशमा पटक पटक क्रान्ति भए ।

क्रान्तिपछि दर्जनौं चुनाव भए । सत्ताको दर्जनौं म्याराथुन चले । मन्त्री–प्रधानमन्त्री नामका सयौं जागिरे फेरिए । सुशासनको आवाजले पुस्तौनी कान पाकिसके । बाउले भोगेका नेतालाई छोरो पुस्ता मत हाल्न बाध्य छ ।

अस्तमा पुगेको सूर्यको प्रकासमा बिस्कुन सुकाउनेहरुको उल्टो यात्राले देशका तीनै पुस्ताको भविष्य पटाक्षेपतर्फ बढ्दैछ । मातृभूमि ट्रान्जिट हो भन्ने सन्देश घरलौरी दीक्षाजस्तै भएको छ । प्राथमिक शिक्षा पार नगरेका तीतेभुरा समेत तोतेबोलीमै किन नहोस, विदेश जाने इच्छा प्रकट गर्न थालेका छन् । आफ्नो शरीर बनेको माटो विरुद्ध बोल्नेहरु यहाँ क्रान्तिकारी ठहर्छन । सत्य ओकल्ने आगोभन्दा भाइरल मच्चाउने धुवाँ सबैका लागि प्रियकर बन्दै गएको छ ।

खराब पात्रले असल एजेण्डा उठाउँदा चुनाव पनि जाली तमसुकजस्तो भइसकेको छ । देशको जीवनमा दुर्गा प्रसाईं, ज्योति मगर, शर्मिला वाईबा, पुन्य गौतम, भेलु बाजे, पुन्य गौतम, मुकुन्देजस्ता पात्रको जति योगदान छ, प्रकारान्तरमा पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली, माधव नेपालको वजन उत्तिक्कै हुने अवस्था निकट बन्दो छ ।

देशको अर्थतन्त्र ९३ रुपियाँ हालेर अरुको माल किन्दा तीन रुपियाँको माल बेच्ने हुति अझै पलाएको छैन । सय रुपियाँ गोजीमा बोकेर १५ रुपियाँ खर्चिन नसक्ने विकासको दम्भ बाँचेको दशकौं भइसक्यो । भूगोललाई देश नमान्ने हो भने आधा नेपाल विदेशमा छ । राज्यको अनुहार देखिने ऐना मानिने राजनीतिज्ञ, कर्मचारी, न्याय, प्रहरी प्रशासन, राजश्व प्रशासन, विमानस्थल, मिडिया दलालतन्त्रको कब्जामा छ । यसक्षेत्रमा काम गर्ने अधिकांशको मनोविज्ञान सामन्ती छ । यिनीहरुको आम धारणा भरसक कात्रो पनि सित्तैमा पाए हुन्थ्यो मानसिकताले घर गरेको पाइन्छ । कार्यालय समय १०–५ तोकिए पनि त्यो समय र स्थानमा काम नभएको वर्षौं भइसक्यो ।

खराब पात्रले असल एजेण्डा उठाउँदा चुनाव पनि जाली तमसुकजस्तो भइसकेको छ । देशको जीवनमा दुर्गा प्रसाईं, ज्योति मगर, शर्मिला वाईबा, पुन्य गौतम, भेलु बाजे, पुन्य गौतम, मुकुन्देजस्ता पात्रको जति योगदान छ, प्रकारान्तरमा पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी ओली, माधव नेपालको वजन उत्तिक्कै हुने अवस्था निकट बन्दो छ ।

अचम्म त खाडीमा रहेका आधा करोड नेपालीले आफ्ना सन्तानको गाँस काटेर ती पात्रको गाँस, बास, कपासको ठेक्का लिँदै आएका छन् । गाउँमा ढिँडो जोरजाम हुन नसकेर शहर पसेकाहरु एकाएक भूजा ज्यूनार, लन्च र ब्रेकफाष्टका स्वामी भएका छन् ।

पहिला पहिला नेपाली विदेशबाट कमाएर नेपालमा पैसा पठाउँथे । अहिले नेपालको माटो यस्तो भयो कि काठमाडौंमा घर बेचेको पैसाले अमेरिकामा गाउँ किन्न पुग्न थाल्यो । नेपालमा बाउले कमाएको पैसा हुण्डीमार्फत विदेशमा बसेको सन्तानले कुम्ल्याएर डलरपति कहलिनु स्वाभाविक परिघटना हुन थाल्यो ।

घरैपिच्छे अस्पताल छन् । काठमाडौं बाहिर झण्डै ५० वटा पाँचतारे होटल खुलेका छन् । शहरमा अनगिन्ती व्यापारिक मल बन्दैछन् । १२ करोड पर्ने स्वीमिङ पुलसहितका भिल्लाहरु बनी नसक्दै हारालुछसंग बिकिरहेका छन् । अपार्टमेन्टको व्यापार उतिक्कै छ । अधिकांशको हातमा आईफोनको पछिल्लो संस्करण छ ।

चारवटा वाणिज्य बैंक धेरै हुने देशमा दर्जनौं बैंक छन् । सहकारी, लघुवित्त, विकास बैंकको हिसाव निकाल्दा घरलौरी हुन्छ । लसुन समेत आयात गर्नुपर्ने देशमा सुनचाँदी, हीरा व्यापार अचम्मलाग्दो छ । एलेन मस्कको टेस्ला, बेन्जकार, ह्याम्मर, टोयटा, हुण्डाई, ल्याण्डक्रुजरदेखि प्राडो, पजेरोका नयाँ नयाँ मोडलका गाडी काठमाडौंका सडकमा गुडेका देखिन्छन् ।

पहिला पहिला नेपाली विदेशबाट कमाएर नेपालमा पैसा पठाउँथे । अहिले नेपालको माटो यस्तो भयो कि काठमाडौंमा घर बेचेको पैसाले अमेरिकामा गाउँ किन्न पुग्न थाल्यो । नेपालमा बाउले कमाएको पैसा हुण्डीमार्फत विदेशमा बसेको सन्तानले कुम्ल्याएर डलरपति कहलिनु स्वाभाविक परिघटना हुन थाल्यो ।

आश्चर्य त के छ भने यी सबै बेथिति बाबजुद पनि नेपाल चुईगम जसरी चलेको चलेकै छ । महँगी जति अग्लिए पनि मासुभात खाने नेपालीको संख्या बढेकै छ । सूचना, सञ्चार र सडक यातायातको पहुँचले मीठो खाने, राम्रो लाउने भावनाले एकरुपता पाउँदै गएको छ । देशको समथर मानिने झापाको कचनाकेचलदेखि सगरमाथाको चुचुरो, चुरेभावरदेखि खप्तडसम्म तिनै चाउचाउ, कुरकुरे, चुरोट, बिँडी, खैनी, विस्कुट, पानपराग, भोलाका खोल छन् ।

आयातीत वियर, मदिरा र मिनरल वाटरका बोतल छन् । कर्णालीका खच्चडले कोकाकोला, भात पकाउने एलपीजी ग्यास र मदिरा बोक्छन् । हिमालका चौरीले काठमाडौंको डीडीसीले उत्पादन गरेको चीज र दूग्धजन्य पदार्थको भारी ओसार्छन । काठमाडौंबाहेक देशका अधिकांश जिल्लामा दिन नढल्दै दूध चियाको कारोबार बन्द हुन्छ ।

दिउँसो सेतो प्लेटमा कार्यालयमा झुल्किएको न्यायमूर्ति झम्केसाँझ पर्नासाथ रातोतिर नम्बर प्लेट उल्टाएर कारोबार सुल्टाउने नियात्रामा निस्कन्छ । दिनभर ठेकेदार नचिन्ने इन्जिनीयर बेलुका कुम जोडेर सोमरसको साधक बन्छ ।

खेतबारी बाँझो भएर के भो ? नेपाली जीब्रो झन्झन् तिख्खर बन्दै गएको छ । नेपाल विश्वको एउटा यस्तो देश हो, जहाँका अधिकांस मानिसलाई गफ जोतेर खान पुगेको छ । गरिबीको एजेण्डा उराल्नेहरु नूनको ढिको फोर्ने जाँगर नचलाएर अलिनो खान रहर गर्नेहरु हुन् ।

समृद्ध देशमा एउटा आलुको दानासंग देशको अर्थतन्त्र गाँसिन्छ । यहाँ त अहँ, भीमकाय हात्तीको कारोवारमा राज्य निरपेक्ष बस्छ । कर नतिराउने विद्या सिकाउन करकै हाकिम हाजिर हुन्छन् । अपराधी सीमा कटाउने जिम्मा प्रहरीले लिन्छ ।

मिडिया मालिकको माटोले भाउ नपाउनासाथ भाउ अन्तरीक्ष बराबर पुगेको समाचार भँगेरे टाउके अक्षरमा छापिन्छ । गणतन्त्र यस्तो खुँदो शासनप्रणाली भएको छ कि वित्तीय संस्था, शिक्षा, मदिरा, जग्गा हुँदै हलोदेखि हाइड्रोसम्मको मालिक नीति निर्माताको तहमा झन् अजंग शैलीमा प्रकट हुन्छ ।

दिउँसो सेतो प्लेटमा कार्यालयमा झुल्किएको न्यायमूर्ति झम्केसाँझ पर्नासाथ रातोतिर नम्बर प्लेट उल्टाएर कारोबार सुल्टाउने नियात्रामा निस्कन्छ । दिनभर ठेकेदार नचिन्ने इन्जिनीयर बेलुका कुम जोडेर सोमरसको साधक बन्छ ।

महालेखापरीक्षक कार्यालयको लेखापरीक्षक एउटै पाठ्यक्रमबाट लोकसेवा पास गरेर आएको लेखाअधिकृतसंग हिसाव चुस्त दुरुस्त बनाउने नाममा घुसको मोलतोल गर्नुलाई व्यवसायिक धर्म मान्छ ।

जिल्लामा हाकिमको पनि हाकिम मानिने सीडीओ सरकारले दिएको भान्से र पीएको सुविधा त्यही हातले किर्ते हस्ताक्षर गरेर महिनावारी बुझ्छ । नेपालमा गोजीबाट खर्चिने अनौपचारिक अर्थतन्त्रको चलखेल यति डरलाग्दो छ कि त्यसको व्यवस्थापन नासाका वैज्ञानिकबाट पनि सम्भव छैन ।