Aafno Khabar

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ

  • आफ्नो खबर
  • २०८० साउन ८ गते १४:४८ प्रकाशित

काठमाडौं । ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन्।

उनीहरू नक्कली मोही रहेको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिए। उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरिएको हो।

योसँगै यस प्रकरणमा पक्राउ परेका २१ जना सिआइबीको हिरासतमा छन्। यसअघि शुक्रबार सर्वोच्च अदालतले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई छाड्न आदेश दिएको थियो। अहिले उनलाई हिरासतमा नराखी नै अनुसन्धान भइरहेको छ।