काठमाडौं । नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) को कोषाध्यक्षमा बसन्त लेखकले उम्मेदवारी दिएका छन् ।
पेशागत साथीहरु जुटौं, गुटभन्दा माथि उठौं भन्ने नाराका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका लेखकले आफ्नो उम्मेदवारी संगठन शुद्धिकरण र चलायमन बनाउन भएको बताएका छन् ।
स्नातक सिभिल इन्जिनियरिङ र स्नाकोत्तर वातावरण इन्जिनियरिङमा गरेका उनले अर्थशास्त्रमा पनि स्नाकोत्तर गरेका छन् । उनका विभिन्न पुस्तक र शोधपत्र पनि प्रकाशनमा छन् ।
विभिन्न शिक्षण संस्थामा आवद्ध लेखक संगठनमा सबैभन्दा कान्छो उमेरका उम्मेदवार हुन् । सिडेनको निर्वाचन जेठ १३ गते हुँदैछ ।