Aafno Khabar
add khanepani

राप्तीको एक वर्ष : बिपन्न चेपाङको जीवनस्तर सुधारमा केन्द्रित

  • आफ्नो खबर
  • May 21, 2023 प्रकाशित

चितवन । चितवनको राप्ती नगरपालिकाले एक वर्षमा १ सय ७५ बिपन्न चेपाङ परिवारलाई घर बनाइदिएको छ ।

शनिवार राप्ती नगरपालिकामा पदावहाली गरेको एक वर्ष पूरा भएको उपलक्ष्यमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नगरपालिकाले यो वर्षमा गरिएकाका कामको विवरण सार्वजनिक गरेको थियो ।

यो वर्ष नगरलाई समुन्नत बनाउने कामको थालनी भएको नगरपालिकाका नगर प्रमुख शमशेर लामा र उपप्रमुख देवेन्द्र लामाले बताएका थिए । पदवहालीको पहिलो वर्ष विपन्नलाई गास वास र कपासको व्यवस्था गर्न नगरपालिका लागेको प्रमुख लामाको भनाई छ ।

यो वर्ष नगरपालिकाले सय घर अभियान चलाएको थियो । अभियान अन्र्तगतका सबै योजना सफल भएको नगरपालिकाका उपप्रमुख देवेन्द्र लामाले दाबी गरे । पहिलो वर्षमा बिपन्न नागरिकको मुहारमा खुसी ल्याउने काममा आफुहरु सफल भएको लामाको दाबी थियो ।

यो संगै निशुल्क स्वास्थ्य विमाको योजना भण्डारा अस्पतालमा लागु गर्नेगरी काम गरिरहेको राप्ती नगरपालिकाले आफ्नो नियमित सेवामा सुधार गरेको छ । यो एक बर्षमा १४ हजार भन्दा बढी जनताले अस्पताल वाट सेवा लिएको जनाइएको छ ।

पहाडका जनता र नगरभित्रका दिर्घरोगी र क्यान्सरका विमारीलाइ निःशुल्क एम्वुलेन्स सेवा, सुत्केरी महिलालाइ निशुल्क भिडियो एक्सरे, अस्पतालमा सुत्केरी गराएमा पोषण भत्ता बराबर ३ हजार ८ सय रुपैया नगदको व्यवस्था र भण्डारामा आखा उपचार केन्द्रको सुरुवात यो पहिलो बर्षको उपलव्धि भएको जनाइएको ।

यो एक वर्षमा पालिकाभरीका ४९ वटा सामुदायिक विद्यालयमा निशुल्क शिक्षा अभियान सुरु भएको छ । २०८० वाट नगरले पढ्नेलाई पैसा लाग्दैन भन्दै निशुल्क शिक्षा अभियान सुरु गरेको हो । इसीडी देखि कक्षा १२ सम्म पढ्नलाइ कहि पनि कति पैसा नलाग्ने नगरपालिकाको भनाई छ ।

राप्तीको कर्णाली भनेर चिनिएको कान्दालाई सडक सञ्जालसँग जोडिएको नगरपालिकाले जनाएको छ । यो पहिलो वर्षमा सडक विस्तार गरेको नगरले आधारभुत स्वास्थ्य केन्द्रका लागि स्वास्थ्य केन्द्र खोल्ने निर्णय गरेको छ ।