Aafno Khabar

किन गर्दैछ अमेजनले १८ हजार जना कर्मचारी कटौती ?

  • आफ्नो खबर
  • January 5, 2023 प्रकाशित

अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले १८ हजार जना कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । आर्थिक मन्दीका कारण खर्च कटौती गर्ने योजनामा रहेको कम्पनीले १८ हजार जनालाई विदा गर्ने बताएको हो ।

कम्पनीका प्रमुख कार्यकारी एण्डी ज्यासीले कम्पनीका तीन लाख कर्मचारीमध्ये ६ प्रतिशत अर्थात १८ हजार रोजगारी कटौती गर्ने बताउएका हुन । यही जनवरी १८ सम्ममा कटौतीमा पर्ने कर्मचारीलाई सूचित गरिसक्ने उनले बताएका छन् ।

कति कर्मचारी कटौतीमा पर्नेछन भन्ने नखुलाएइए पनि अमेजनको स्टोर, जनसम्पर्क र प्राविधिक क्षेत्र बढी प्रभावित हुने प्रमुख कार्यकारी ज्यासीको भनाइ छ ।

मन्दीको संकेत देखिएपछि कर्मचारी भर्ना र गोदामहरुको विस्तार रोकेको अमेजनले थुप्रै नयाँ योजनाहरु पनि स्थगित गरेको छ । अमेरिकालगायत विश्वका अर्थतन्त्र समस्यामा पर्न थालिसकेको अवस्थामा ठूला बहुर्राष्ट्रिय कम्पनीले खर्च कटौती शुरु गरेका हुन ।