Aafno Khabar
sanima bank

यूट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको पिर गित हटाए प्रकाश सपुतले

  • आफ्नो खबर
  • March 19, 2022 प्रकाशित

काठमाडौं । गायक प्रकाश सपुतले हालै सार्वजनिक चर्चित गीत पिर यूट्युबबाट हटाएर रि अपलोड गरेका छन् । गायक सपुतले चर्चित गीत पिरको भिडियोबाट यौनकर्मीको दृश्य हटाएर पुन यूट्युबमा अपलोड गरेका हुन् ।

अघिल्लो हप्ता सार्वजनिक उनको गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो ।

शनिबार गायक सपुतले शनिबार दिउँसो उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ ।

सोही विषयलाई लिएर माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले उक्त गीतको आलोचना गरेका थिए । माओवादीका केहि भ्रातृ संगठनहरुले जनयुद्धको अपमान गरेको भन्दै गीत हटाउन चेतावनी दिएका थिए ।

गायक प्रकाश सपुतले आफ्नो उद्देश्य जनयुद्धले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाउन मात्र खोजेको प्रष्टीकरण दिएका थिए । र उनले कसैको भावनामा चोट पुगेको भए आफूले माफी माग्ने बताएका थिए ।

सम्बन्धित शीर्षकहरु