Aafno Khabar

एमसीसीका कारण दिनभरी तनाबग्रस्त बन्यो बानेश्वर (भिडियोसहित)

  • आफ्नो खबर
  • २०७८ फाल्गुन ८ गते २०:२५ प्रकाशित

काठमाडौं । एमसीसी विरुद्ध भएको प्रदर्शनले आइतबार बानेश्वर क्षेत्र तनावग्रस्त भयो । सरकारले एमसीसीलाई संसदमा पेस गर्न लागेको भन्दै विभिन्न राजनीतिक दलका भातृ संगठनले त्यसको विरोधमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि केही समय प्रहरी र प्रदर्शनकारी बीच झडप भएको थियो । उत्तेजित प्रदर्शनकारीले प्रहरी माथि ढुङ्गा हान्न थालेपछि नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा हानेको थियो ।

प्रहरी र प्रदर्शनकारी बीच दिन भरी झडप हुँदा सो क्षेत्र रणभूमीमा परिणत भएको थियो । त्यो मात्र होइन प्रहरी र प्रदर्शनकारीको झडपका कारण सो क्षेत्रमा दिनभरी सवारी साधन आवगामन ठप्प भएको थियो ।

जसका कारण हजारौ सर्वसाधरणले दुख पाएका थिए । प्रहरी र प्रदर्शनकारीको झडपमा केही सर्वसाधरण पनि परे । पैदल हिडेका सर्वसाधरण माथि प्रहरीले लाठी जार्च गरेको थियो । झडपमा केही प्रदर्शनकारी र प्रहरी पनि घाइते भएका छन् ।

आन्दोलनमा चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नेपालसहित मोहन वैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दल तथा सत्ता गठबन्धन नेकपा एस र माओवादी केन्द्रका केही भातृसंस्था सहभागी थिए ।