Aafno Khabar

जितको खुशीयाली मनाउँदा मनाउँदै फुटबल प्रशिक्षकको मृत्यु

  • आफ्नो खबर
  • December 4, 2021 प्रकाशित

जितको खुशीयाली मनाउने क्रममा ह्दयघात हुँदा इजिप्टका फुटबल प्रशिक्षक एडम एल सल्हेदारको मृत्यु भएको छ ।

इजिप्टको सेकेण्ड लिग अन्तर्गत एल जाग्राविरुद्धको खेलमा ९२औं मिनेटमा गोल गरेको थियो । अन्तिम मिनेटमा गोल गरेपछि खुशीयाली मनाउने क्रममा एल मग्डका ५३ वर्षीय प्रशिक्षक एल सल्हेदारलाई हृदयघात भयो ।

उनलाई हस्पिटल लगिएको थियो, तर मृत्यु भएको छ । इजिप्टका चर्चित प्रशिक्षक सल्हेदारले खेलाडी जीवनमा इजिप्टियन प्रिमियर लिगको उपाधि समेत जितेका थिए ।

उनको क्लब एल माग्डले आगामी खेलहरु रोकेर ६ दिन शोक मनाउने निर्णय गरेको छ ।