Aafno Khabar

प्रिति जिन्टा बनिन् जुम्ल्याहा बच्चाकी आमा

  • आफ्नो खबर
  • २०७८ मंसिर २ गते १५:१२ प्रकाशित

काठमाडौं । बलिउड अभिनेत्री प्रीति जिन्टा जुम्ल्याहा बच्चाकी आमा बनेकी छन् । बिहीबार इन्स्टाग्राममार्फत उनले जुम्ल्यहा बच्चा जन्माएको सार्वजनिक गरेकी हुन् ।

प्रितिले श्रीमानसँगको तस्वीर राख्दै लेखेकी छन्, ‘जीन (श्रीमान्) र म अत्यन्तै हर्षित छौं र हाम्रो हृदय कृतज्ञता र मायाले भरिएको छ किनकी हामीले हाम्रा जुम्ल्याहा बच्चा जय जिन्टा गुडइनफ र जिया जिन्टा गुडइनफलाई परिवारमा स्वागत गरेका छौं ।’

प्रीति र जीनका बच्चा सरोगेसीबाट जन्मेका हुन् । उनले आफ्नो पोस्टमा सरोगेट र डाक्टहरूलाई पनि धन्यवाद दिएकी छन् । प्रीति जिन्टा र जीन गुडइनफले सन् २०१६ को फ्रेबुअरीमा विवाह गरेका थिए ।

सम्बन्धित शीर्षकहरु