Aafno Khabar

कति छन् नेपालमा सक्रिय काेराेना संक्रमित ?

  • आफ्नो खबर
  • २०७८ कार्तिक ३० गते १७:०७ प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट भएको परीक्षणमा ३३९ जना र एन्टिजेन विधिबाट भएको परीक्षणबाट ३८ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १७ हजार ६७२ पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार १७४ पुगेको छ । नेपालमा कोरोनाभाइरसबाट हालसम्म ११ हजार ४८२ जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार हाल संक्रमितमध्ये ७ लाख ९८ हजार ७१४ निको भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७ हजार ४७६ जना रहेका छन् ।