काठमाडौं । अभिनेता पल शाह र साक्षी लम्सालको अभिनय रहेको सोल्टा सोल्टीनी बोलको गीत सार्वजनिक भएको छ ।
गायक प्रकाश तामाङ तितुङ तथा गायिका सुजिता योन्जनको स्वरमा रहेको सोल्टा सोल्टीनी बोलको गीत सार्वजनिक भएको हो ।
गीतमा शब्द तथा संगीत प्रकाश तामाङको रहेको छ । गीतमा सम्पादन तथा निर्देशन जिवन थापाको रहेको छ भने, छायांकन दिर्घ गुरुङले गरेका हुन् ।