Aafno Khabar
sanima bank

रुसी राष्ट्रपति पुटिनले माछा मारेकाे तस्बिर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा (फाेटाेफिचर)

  • आफ्नो खबर
  • २०७८ आश्विन ११ गते १४:०१ प्रकाशित

काठमाडाैं । रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनले माछा मारेकाे तस्बिर सार्वजनिक भएकाे छ । समाचार संस्था रोयटर्सका अनुसार रुसकाे एक वेबसाइट क्रेमलिनले आइतबार राष्ट्रपति पुटिनका २० वटा तस्बिर सार्वजनिक गरेको थियो । तीमध्ये केही तस्बिरमा उनी माछा मारिरहेको देखिन्छ ।

राेयटसर्सले उल्लेख गरेकाे समाचार अनुसार सेप्टेम्बर महिनाको सुरूमा रूसको सुदूरपूर्वी क्षेत्रको भ्रमणमा गएका पुटिन केही दिन साइबेरियामा बसेका थिए । त्यहाँ उनले माछा मारेर र हाइकिङ गरेर समय बिताएकाे बताइएकाे छ ।

पुटिनले माछा मारेकाे फाेटाे यतिबेला अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आइरहेकाे छ । पुटिन कहिले प्रधानमन्त्री त कहिले राष्ट्रपति बनेर सन् १९९९ देखि रूसी सत्ताको केन्द्रमा रहिरहेका छन् ।