Aafno Khabar

काे हुन् नेपाली काँग्रेस बनेपा नगरको सभापति दाबेदार महेश कर्माचार्य ?

  • आफ्नो खबर
  • September 19, 2021 प्रकाशित

बनेपा । नेपाली काँग्रेसको १४ औँ अधिवेशन संघारमा छ । अधिवेशनका लागि देशभर कांग्रेसका कार्यकर्ताको दौडधूप चलिरहेकाे छ । काभ्रेमा पनि कार्यकर्ताहरु अधिवेशनको तयारीमा लागेका छन् । अधिवेशनले गर्दा काभ्रेको काँग्रेस बनेपा नगरको नयाँ कार्य समितिका लागि पनि महोल तातेकाे छ ।

बनेपा बोइज क्लबका अध्यक्ष एवम नेपाली काँग्रेस बनेपा नगर सचिव महेश कर्माचार्य काँग्रेसको १४ औँ अधिवेशनमा बनेपा नगरको सभापतिका दाबेदार हुन् । कर्माचार्य नेपाली काँग्रेस बनेपा नगर पार्टीको पहिलो तहका नेता भएकाले अहिले उनी निरन्तर नेतृत्व तहमा छन् । त्यसकारण पनि सभापतिमा उनको सम्भावना अनुमान गरिएकाे छ ।

काे हुन् कर्माचार्य ?

२०४६ साल बाट राजनीतिक यात्रा सुरु गरेका महेश कर्माचार्य एक कुशल राजनीतिज्ञ हुन् । राजनीतिको साथ साथै उनी समाजसेवामा पनि कृयाशील छन् । कोरोना महामारीको समयमा उनले फुड बैँक नै स्थापना गरी झण्डै ८ सय भन्दा बढि परिवारलाई खाद्यान्न वितरण गरेका थिए । २०४६/२०४७ सालमा नेपाल बिद्यार्थी संघ, काभ्रे बहुमुखी क्याम्पसमा सचिब भइ बिद्यार्थीहरुको हकहितको लागि लडेका थिए ।

२०५४ सालमा नेपाल तरुण दल बनेपा नगर समितिमा सचिव भइ जनताको सेवा गरेका थिए भने नेपाली काँग्रेसको १२ औँ महाधिवेशनबाट नेपाली काँग्रेस बनेपा नगर समितिको सचिव पदमा निर्विराेध निर्वाचित भएका थिए । साथै २०७० सालको संबिधान सभाको चुनावमा नेपाली काँग्रेस बनेपा नगरपालिकाको लागी प्रचारप्रसार समितिका संयोजक भइ काम गरेका थिए ।

त्यस लगतै नेपाली काँग्रेसको १३ औँ महाधिवेशन बाट नेपाली काँग्रेस बनेपाको सचिव पदमा निर्विराेध निर्वाचित भइ हालसम्म कार्यरत छन् । १३ औं महाधिवेशन पश्चात् नेपालमै पहिलो पटक देशभरका नगरहरुको नेपाली काँग्रेसका सभापतिहरुको सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तवरले आफ्नो भुमिका निर्वाह गरेका थिए । कर्माचार्यले नेपाली काँग्रेस बनेपाको “बनेपा आवाज २०७३” र नेपाली काँग्रेस बनेपाको “बनेपा आवाज २०६९” नामक स्मारिकामा स्मारिका प्रकाशन संयोजक भई काम गरेका थिए ।

कर्माचार्यले काभ्रे उद्योग बाणिज्य संघ बनेपा संयोजक, काभ्रे जिल्ला फुटबल संघको उपाध्यक्ष, टिम बीबीसी संयोजक, लायन्स क्लब अफ काभ्रे अध्यक्ष सल्लाहकार र धेरै वटा राष्ट्रिय स्तरका संघ संस्थाहरुको सल्लाहकारको रुपमा काम गरिसकेका छन् । कर्माचार्य बनेपा नगरमा होस् या जिल्लामा भैपरि आएका बिपत महामारीमा ती गरिब दिन दु:खी असाहय जनताको सेवामा निरन्तर लागि परेका हुन्छन् । भै परि आएका विपतको समयमा नेपाली काँग्रेसका अरु कोही देखिँदैनन् तर उनी आफ्नो ज्यान जोखिममा राखेर जनताको सेवामा लागि परिरहेका हुन्छन् ।

कोरोना कहरको पहिलो लहरमा लगातार ४८ दिन सम्म दैनिक १५० देखी २०० जना रोजगार गुमाएर अपठयारोमा परेका आमाबुबा दाजुभाइ तथा दिदीबहिनीहरुलाई दिनको १ छाक खाना खुवाउने बेवस्था गरेका थिए । बिगतमा गएको महाबिनाशकारी भूकम्पबाट पीडित काभ्रे र सिन्धुपाल्चोकका जनताहरुको घर दैलोमा कलाकार भुवन के सी र मेलिना मानन्धरसँग सहकार्य गरी राहतका प्याकेज वितरण गरेका धेरै उदाहरण देख्न सकिन्छ । बनेपा र काभ्रेकै नाम उच्च राख्न बनेपा ब्वाइज क्लबको अध्यक्षमा रही राष्ट्रिय स्तरीयमा फूटबल प्रतियोगिता बिबिसी बनेपा कपका विभिन्न संस्करणहरु पटक पटक संचालन गरेको गर्नुका साथै विभिन्न जिल्लामा हुने राष्ट्रिय स्तरीयका फूटबल प्रतियोगिताहरुमा बनेपाको इज्जत रहने गरी सहभागी जनाएको र भावी दिनमा बनेपालाई फुटबलको राष्ट्रिय लिगमा पुर्‍याउने उद्धेश्यले विगत १२ वर्षदेखि निरन्तर लागि रहेका छन् ।

यसका बाबजुद आफ्नो गाउँ ठाँउ जिल्लाको उत्पादनहरुको बजार प्रबर्द्धन र बनेपा सास्कृतिक सम्पदा रितिस्थितीहरुको बारेमा समग्र नेपालीहरुलाई जानकारी दिनुका साथै नयाँ कलाकारहरुलाई आफ्नो प्रस्तुति दिन मञ्च प्रदान गर्ने र अन्य कलाकरहरुले आय आर्जन गराउने त खेल्कुद बिधाका विभिन्न प्रतियोगिताहरु संचालन गरि आफ्नो प्रतिभा देखाउने अवसर प्रदान कर्माचार्यले गर्दै आएका छन् । नेपाली काँग्रेसको १४ औं अधिवेशनमा उनी नगर सभापति होलान् त ? याे अहिले चासाेकाे विषय बनेको छ ।